back
himalayan life

गरिमा विकास बैंकको सिईओमा माधवप्रसाद उपाध्याय नियुक्त

काठमाडौं। गरिमा विकास बैंकको सिईओमा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् ।

उपाध्याय गरिमाकै नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरतलाई सञ्चालक समितिको चैत १४ मा बसेको ३०४औं बैठकले सिईओमा नियुक्त गरेको हो ।

आगामी वैशाख १ देखि लागू हुने गरी उपाध्यायलाई ४ वर्षको लागि सिईओमा नियुक्त गरिएको हो ।


व्यवस्थापनमा स्नातकोत्तर उपाध्याय बैंक स्थापनाकालदेखि कार्यरत रहनुका साथै १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् । उनी बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापनर प्राध्यापन पेसामा संलग्न थिए ।

बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्दप्रसाद ढकालको कार्यकाल २०८० चैत मसान्तमा समाप्त हुने भएसँगै २०८१ वैशाख १ देखि रिक्त हुने पदमा नायब प्रमुख कार्यकारी अधिकृत उपाध्यायलाई सीईओको जिम्मेवारी दिने निर्णय सञ्चालक समिति बैठकले गरेको हो ।

सोही बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई २०८० चैत १५ देखि लागू हुने गरी बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बैंकले हाल १२३ शाखा, १ एक्सटेन्सन काउन्टर र ५१ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

वि.सं.२०८३ असार ३ बुधवार १८:५०

काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रको छाता संगठन ‘नेपाल यातायात...

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

वि.सं.२०८३ जेठ २४ आइतवार १६:१८

काठमाडौं । नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको छाता संगठन...

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

वि.सं.२०८३ जेठ १५ शुक्रवार १०:५२

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:३५

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत...

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

वि.सं.२०८३ जेठ ३ आइतवार १८:०१

काठमाडौँ। नेपाल मोवाइल व्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका...