back

नेपालमा ठूलो वैदेशिक लगानी ल्याउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्छौं : कोरियाली राजदूत

धेरै देशबाट ठूलो संख्यामा वैदेशिक लगानी भित्रियोस् र नेपालको समृद्धिमा योगदान गरोस्’, राजदूत थेयङले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई त्यसका लागि सहजीकरण गर्छौं।’

काठमाडौं । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन्।

शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले नेपालको पूर्वधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकामा कोरिया सरकारलाई धन्यवाद दिए।

कोरियाले अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को लगानीमा शिक्षा, स्वास्थ्य तथा पूर्वधार गरी हाल निर्माणाधीन ११  विभिन्न आयोजनामा लगानी गरेको र ती आयोजनाको प्रगति सन्तोषजनक रहेको उनले बताए। पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको उल्लेख्य सहभागिताका लागि प्रेरित गरिदिन राजदूत थेयङलाई आग्रह गरे।

पुनले ठूलो अन्तर्राष्ट्रिय लगानी आकर्षित नगरी मुलुकको विकास सम्भव नहुनेमा आफूहरु स्पष्ट भएले त्यसका लागि आवश्यक नीतिगत र कानूनी अड्चन हटाउन लागिएको पनि बताए। मन्त्री पुनले नेपालको कृषि, ऊर्जा, पर्यटन र प्रविधि क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको बताए।

संसारका धेरै विकसित मुलुक आजको स्थितिमा आइपुग्न दुई वा तीन पुस्ताले योगदान गरेको भए पनि आधुनिक कोरिया निर्माण गरेको पुस्ताले नै समृद्धिको स्वाद चाख्न पाएको उल्लेख गरे। ‘कोरिया एउटै पुस्ताले बनाएको देश हो। जसले भयावह गरिबीको दुस्चक्र पनि भोग्यो र आजको उच्चस्तरको समृद्धि पनि उपभोग गरिरहेको छ’, पुनले भने, ‘कोरियाली विकास मोडलबाट हामीले अनुशरण गर्नुपर्ने धेरै कुरा छन्।’

राजदूत थेयङले यसअघिका विकास साझेदारी र रोगजारी प्रणाली (इपीएस) लाई निरन्तरता दिने बताए। नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५०औं वर्ष पुग्न लागेको अवसरमा कोरियाले नेपालमा थप लगानी गर्न चाहेको जानकारी दिए। कोइकाले नेपाललाई विगत १५ वर्षदेखि नै प्राथमिकतामा राखेको तथा इपीएस सम्झौता भएका १६ देशमध्ये नेपाल सबैभन्दा अगाडि रहेको जानकारी उनले दिए। नेपालको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई कोरियाले उच्च प्राथमिकतामा राखेको उनले बताए।

उनले नेपालमा कृषि उत्पादन बढाउन तथा वातावरण परिवर्तनले कृषि उत्पादनमा पारेको नकारात्मक प्रभाव कम गर्न एक केन्द्र स्थापना गरिएको पनि उल्लेख गरे। हाल गण्डकीमा सञ्चालित कोरियन भोकेशनल सेन्टरलाई सातवटै प्रदेशमा विस्तार गर्ने नीति रहेको पनि उनको भनाइ थियो। नेपालले आगामी सन् २०२६ भित्र सहश्राब्दी विकास लक्ष्य हासिल गर्नुपर्ने भएकाले त्यसलाई सघाउ पुग्ने गरी कोरियाले विकास साझेदारीको आयातन बढाउन चाहेको जानकारी उनले दिए।

आगामी मे महिनाबाट नेपालमै हुण्डाई कम्पनीका गाडी उत्पादन हुन लागेको भन्दै उनले वार्षिक ४ हजार ५ सय गाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए। त्यसका लागि केही कानूनी र प्रक्रियागत जटिलता देखिएकाले समाधान गरिदिन आग्रह गरे।

कोरियाले नेपालमा धेरैधन्दा धेरै विदेशी लगानी भित्रियोस् र रोजगारीका अवसर सिर्जना होओस् भन्ने चाहना राखेकाले लगानी सम्मेलन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाए। ‘धेरै देशले नेपालमा लगानीको चाहना राखेको मैले पाएको छु। धेरै देशबाट ठूलो संख्यामा वैदेशिक लगानी भित्रियोस् र नेपालको समृद्धिमा योगदान गरोस्’, राजदूत थेयङले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई त्यसका लागि सहजीकरण गर्छौं।’

नेपालले दोहोरो कर र लगानी संरक्षण ग्यारेण्टी गर्नुपर्नेमा भने उनको चासो थियो। राजदूत थेयङले रोजगार प्रणालीअन्तर्गत कोरियामा काम गरेर फर्किएका नेपालीहरुका लागि व्यवसायमा सहयोग गर्ने नीति रहेको पनि बताए।


अघि बढ्यो एमसीसी परियोजना,नवलपरासीमा ४०० केभी सबस्टेशन बनाउन भारतीय कम्पनीसँग सम्झौता

अघि बढ्यो एमसीसी परियोजना,नवलपरासीमा ४०० केभी सबस्टेशन बनाउन भारतीय कम्पनीसँग सम्झौता

वि.सं.२०८१ वैशाख २९ शनिवार २२:१५

काठमाडौँ। अन्ततः एमसीसीको परियोजना अघि बढेको छ । यसको पहिलो...

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब १ अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब १ अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:२५

काठमाडौँ । सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त...

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:४०

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले कठोर...

कृषकलाई बैंकले १५ वर्षका लागि सहुलियतपूर्ण ऋण दिनुपर्छ : कृषि मन्त्री साह

कृषकलाई बैंकले १५ वर्षका लागि सहुलियतपूर्ण ऋण दिनुपर्छ : कृषि मन्त्री साह

वि.सं.२०८१ वैशाख २७ बिहीवार ११:०९

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साहले...

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ : आयोजना कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ : आयोजना कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास

वि.सं.२०८१ वैशाख २६ बुधवार १३:०३

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय...

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न, यस्ता छन् उद्देश्यहरु

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न, यस्ता छन् उद्देश्यहरु

वि.सं.२०८१ वैशाख २६ बुधवार १२:४६

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...