back

अब बैंकमा एक महिला सहित दुई स्वतन्त्र सञ्चालक अनिवार्य, योग्यतामा भने कडाइ

nactional life

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

बिहीबार अर्थमन्त्री वर्षमान पुनले संसदमा पेस गरेको ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन’ (बाफिया) संशोधन गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको हो ।

हाल ऐनको दफा १७ अनुसार योग्यता भएको व्यक्ति मध्येबाट कम्तीमा एक जना स्वतन्त्र सञ्चालक नियुक्त गरी त्यसको जानकारी त्यस्तो नियुक्तिपछि बस्ने पहिलो साधारणसभामा दिनुपर्ने व्यवस्था थियो ।

त्यसलाई संशोधन गर्दै  कम्तीमा एक महिला सहित दुई जना स्वतन्त्र सञ्चालक अनिवार्य नियुक्त गर्नुपर्ने गरी काफियामा संशोधन प्रस्ताव गरिएको छ ।

बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक वा ०.१ प्रतिशतभन्दा बढी सेयर लिएको सेयरधनी तथा निजको परिवार स्वतन्त्र सञ्चालक हुन नपाउने व्यवस्था यथावत् छ ।

यस्तै महिला सेयरधनी रहेको बैंकमा सञ्चालक नियुक्त गर्दा एक महिला सञ्चालक हुने गरी नियुक्त गर्नुपर्ने प्रस्ताव संशोधन विधेयकमा छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थामा सञ्चालक रहेको व्यक्ति पनि पूर्वाधार बैंकमा सञ्चालक हुन पाउने व्यवस्था हटाउने प्रस्ताव बाफिया संशोधनमा छ ।

यस्तै सञ्चालक आफ्नो कार्यकाल पूरा भए पनि अर्को एक अवधिका लागि मात्रै पुनः नियुक्त हुने व्यवस्था बाफियामा गर्न प्रस्ताव गरिएको छ । २०७३ मा बाफिया आउँदा ऐन प्रारम्भिक भए पनि लगातार दुई कार्यकाल मात्रै भनेकोमा अब भने कार्यकाल पूरा भएपछि पुनः एकपटक मात्रै सञ्चालक हुन पाउने व्यवस्था गर्न लागिएको हो । अहिले मर्जरमा जाने बैंक सञ्चालक र प्रमुख कार्यकारी अधिकृत ( सीईओ) लाई दुई कार्याकालको व्यवस्थामा छुट दिइएको छ । सञ्चालकको योग्यतामा कडाइ

बैंक तथा वित्तीय संस्था सञ्चालकको योग्यतामा कडाइ हुने भएको छ । अब बैंक सञ्चालक हुन जतिसुकै अनुभव भए पनि स्नातक उपाधि हासिल गरेको हुनपर्ने प्रस्ताव बाफिया संशोधनमा गरिएको छ ।

हाल विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा पाँच वर्ष काम गरेको  हुनुपर्ने  व्यवस्था थियो ।

तर, अब उक्त अनुभव भएकाले पनि कम्तीमा  स्नातक उपाधि हासिल गरेको हुनपर्ने प्रस्ताव भएको छ । यस्तै स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति बैंकमा कुनै अनुभव नभए पनि सञचालक हुने पाउने प्रस्ताव गरिएको छ ।

तर, बैंक तथा वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक हुन भने  ऐनको दफा १७ अनुसार योग्यता अनिवार्य हुने प्रस्ताव गरिएको छ ।

यस्तै बैंक सञ्चालक हुन ७० वर्षको उमेर हद राख्ने गरी बाफिया संशोधन विधेयक संसदमा दर्ता भएको छ । हाल न्यूनतम २५ वर्ष उमेर व्यवस्था रहे पनि संशोधनमा भने न्यूनतम २५ वर्ष र अधिकतम ७० वर्षको उमेर राख्न प्रस्ताव गरिएको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४५

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा...

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:२०

काठमाडौँ । नेपालको निर्जीवन बीमा व्यवसायमा चालु आर्थिक वर्षको १०...

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाका १२ वटा...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा  ?

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा ?

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ बीमा कम्पनीहरुलाई २र२ लाख...

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५३

काठमाडौं। एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं...