परम्परागत रिफर्म शैलीले आर्थिक संकटबाट मुक्त हुन सकिदैन नयाँ शैलीको रिफर्म आवश्यक छ : प्रा.डा. शिवराज अधिकारी
वि.सं.२०८० फागुन ६ आइतवार
काठमाडौं । त्रिभुवन विश्व विद्यालयका अर्थशास्त्र विभागका प्रा.डा. शिवराज अधिकारीले देशको आर्थिक संकटको साधान गर्न नयाँशैलीको रिफर्म आवश्यक भएको औल्याएका छन् ।
देशको आर्थिक संकट समाधानमा मौद्रिक नीति र बजेटरी नीतिमा कहाँनेर समस्या आयो भन्ने विषयमा समुहगत छलफल कार्यक्रममाप्रा.डा. अधिकारीले नेपालको वर्तमान आर्थिक समस्यामा पुरानो शैलीको पुनरुत्थान सम्भव नभएको बताए ।
महिला आर्थिक पत्रकार संघको आयोजनामा काठमाडौंमा सुरु भएको नीतिगत बहस कार्यक्रममा उनले भने, मौद्रिक नीति र बजेटरीनीतिका बीचमा तालमेलको समस्या देखिदैन । देशको आर्थिक सूचांक ठीक छ । अर्थतन्त्र चलायमान भएन ? कर्जा बढ्दा पनि ढुक्कहुने ठाउँ छैन । कर्जा बृद्धि भएर पनि त्यो कहाँ जान्छ भन्ने थाहा छैन । कर्जा बृद्धिले आर्थिक बृद्धि नहुने रहेछ भनेपछि यसले पनि योगदानगर्छ भन्ने आधार के त ? डा. अधिकारीले देशको अर्थतन्त्रमा नयाँ सुधारको योजना आवश्यक भएको बताए । सरकारले पनि खासै खर्चगर्न नसकेको गुनासो गरे । नयाँ शैलीको रिफर्मको सोच चाहियो । सरकारले आफ्नो गतिशिलता देखाउन सकेन । सरकारले ऋणलिइरहेको छ । अर्कोतिर तल खर्च गर्न सकिरहेको छैन । सरकारभित्र पनि कार्यान्वयन हुने अवस्था कमजोर छ । ऋण लिन्छौं र रिजर्भगरेर राख्छौं भने त्यसले समस्या निम्त्याउँछ, प्रा.डा. अधिकारीले भने ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले देशभरमा रहेका ७६१ वटा सरकारले बजेटरी नीति बनाउने रत्यसको लागि मौद्रिक नीति एउटा मात्रै रहेको बताउँदै स्थानीय सरकारले पनि खर्च गर्दा देशको अवस्था हेरेर गर्नुपर्ने बताए । बार्षिकनीति र मौद्रिक नीतिको तुलना गर्दा बजेट सधैं ठूलो आइरहन्छ । त्यो अनुसार अपेक्षा गर्छौ । तर, त्यो कहिल्यै पुग्दैन, डा. श्रेष्ठले भने ।
कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अभाव र अप्ठेरोकै बीचमा नयाँ अवसर खोज्नुपर्ने बताए । अध्यक्ष केसीलेनेपालको बैंकिङ क्षेत्र आगामी दिनमा सुधार भएर जाने बताए । बैंकिङ क्षेत्र देशको सबैभन्दा पारदर्शी भएर अघि बढिरहेको र देक्षिणएसियाका गुणस्तरीय बैंकिङ सुविधा दिँदै आएको बताए ।
प्रकाशित समय : १३:४२ बजे





















