back
himalayan life

राष्ट्रिय वाणिज्य बैंक ५९ औँ वर्षमा,२ दशकदेखि निरन्तर नाफा कमाउँदै

काठमाडौँ सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको

नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँगप्रतिस्पर्धा गरिरहेको

विसं २०८० असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी रू ३० अर्ब, जारी चुक्ता शेयर पुँजी रू १५ अर्ब ६३ करोड ७३ लाख ७७हजार ५५ रहेको

बैंकको विद्यमान पुँजी संरचनाअनुसार सरकारको ९९ दशमलव ९७ प्रतिशत सर्वसाधारणको शून्य दशमलव ०३ प्रतिशत शेयर रहेको बैंकको पुँजी कोष रू ५० अर्ब ७४ करोड रहेको

गत असार मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा अनुपात तीन दशमलव ७७ प्रतिशत गत पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारण संस्थागत गरी ४१ लाख ४० हजारभन्दा बढी निक्षेपकर्ताको रू तीन खर्ब ३८ अर्ब ४४ करोड निक्षेप रहेको

कर्जातर्फ एक लाख ९४ हजारभन्दा बढी ग्राहकलाई रु रू दुई खर्ब ५६ अर्ब ७० करोड बराबर ऋण विस्तार भएको बैंकले जनाएको  

राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०६०/६१ देखि निरन्तर मुनाफा आर्जन गरिरहेको

गत आर्थिक वर्ष २०७९/८० मा बैंकले रू तीन अर्ब ५९ करोड खुद मुनाफा कमाएको थियो गतवर्ष बढी खुद मुनाफाआर्जन गर्ने बैंककोसूचीमा राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थानमा गतवर्षमा आर्जित मुनाफाबाट बैंकले पाँच दशमलव ५० प्रतिशत नगद लाभांश वितरणगरेको थियो

नेपालको कूल सरकारी कारोबारको आधाभन्दा बढी हिस्सा यस बैंकबाट हुने गरेको दाबी बैंकको

सङ्घीय सरकारका कूल ८१ कोष तथा लेखा नियन्त्रक कार्यालयमध्ये ५० वटा, प्रदेश सरकारका ७७ मध्ये ५१ एक सय २८ स्थानीयतहको सम्पूर्ण खर्च भुक्तानी तथा सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट भइरहेको  

सरकारको राजस्व सङ्कलन प्रयोजनका लागि बैंकले विभिन्न ठाउँमा शाखा तथा काउन्टरसमेत विस्तार गरेको सरकारकानिजामती, सेना, प्रहरी, शिक्षकलगायतका सेवाबाट निवृत एक लाख ६० हजार भन्दा बढी व्यक्तिको निवृत्तिभरण भुक्तानी पनि राष्ट्रियवाणिज्य बैंकबाट भइरहेको  

त्यस्तै, सरकारबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ताको अधिकांश कारोबार यसै बैंकबाट हुने गरेको

बैंकले गत आर्थिक वर्ष सरकारलाई रू दुई अर्ब १८ करोड आयकर तिरेको थियो बैंकको शाखा सञ्जाल ७७ वटै जिल्लासदरमुकामसहित दुई सय ८६ शाखा कार्यालय, ६४ एक्सटेन्सन काउन्टर तथा ९५ वटा शाखारहित बैंकिङ एकाईमार्फत् सेवा दिइरहेको

व्यावसायिक सम्भाव्यताका आधारमा शाखा विस्तार गर्ने नीतिअनुरुप चालु आवभित्रमा शाखा सङ्ख्या तीन सय २० पुर्याउने लक्ष्य बैंकलेलिएको  

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमका लागि सहयोग गर्दै आएको

दैवी तथा प्राकृतिक प्रकोप पीडितलाई आर्थिक सहायता, वित्तीय साक्षरता कार्यक्रम, शैक्षिकस्तर वृद्धिका लागि शैक्षिक सामग्री वितरण, विभिन्न धार्मिक तथा सांस्कृतिक सम्वर्द्धन क्षेत्रमा पनि बैंकले सहयोग गरिहेको

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...