ज्योति विकास बैंकको नाफा झण्डै तीन गुणाले बढ्यो
वि.सं.२०८० माघ ८ सोमवार
काठमाडौं । ज्योति विकास बैंकले नाफामा आकर्षक बढोत्तरी गरेको छ । बैंकको नाफा झण्डै तीन गुणा बढेको छ ।
बैंकले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा बैंकको नाफा २.९० गुणाले बढेर १० करोड १० लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा भनेबैंकको खुद नाफा ३ करोड ४७ लाख रुपैयाँ मात्रै थियो ।
विशेषगरि बैंकको संचालल नाफामा आएको बढोत्तरीले नै खुद नाफामा छलाङ मारेको हो । सो अवधिमा बैंकको संचाल नाफा १९६.७३प्रतिशत अर्थात् ४ करोड ९६ लाख रुपैयाँबाट बढेर १४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । तर, बैंकको खुद ब्याज आम्दानी भने सामान्यअर्थात् २.३६ प्रतिशतको गिरावट देखिएको छ । चालु आवको ६ महिनामा बैंकले १ अर्ब १२ करोड ४२ लाख रुपैयाँ ब्याज आम्दानीगरेको छ ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २४ करोड ८४ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।
हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ पुगेको छ। जगेडा तथा कोषको आधार पनि २२.८६ प्रतिशत बढेर १ अर्ब ६९करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको खराब कर्जा भने बढेर ४.८६ प्रतिशत पुगेको छ ।
यता, बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाा ९७ पैसाले बढेर ४ रुपैयाँ ६० पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १३३कायम भएको छ ।
सो अवधिमा बैंकले ६० अर्ब २२ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरि ५० अर्ब ८० करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रकाशित समय : १३:३३ बजे






















