back
himalayan life

यो कार सडकमा गुड्दा गुड्दै उड्छ , यो नयाँ कन्सेप्टले यातायातको भविष्य नै फेरिदिने दाबी

लस एञ्जलस । अमेरिकाको लस एञ्जलसमा आयोजित कञ्जुमर इलेक्ट्रोनिक शो (सीईएस)मा कम्पनीहरूले एकसे एक नयाँ कन्सेप्टर विद्युतीय सवारी साधनहरू पेस गरिरहेका छन् ।

यसैबिच चिनियाँ कम्पनी एक्सपेङ्ग एरोएचटीले पनि आफ्नो उड्ने कार एक्सपेङएरोएचटी सार्वजनिक गरेको छ ।

स्टेजमा कार आउने बित्तिकै यसले दर्शकहरुको ध्यान आफूतिर खिचेको थियो ।

रोचक कुरा चाँहि के छ भने यो ब्रान्डिङ वा प्रमोशनका लागि ल्याइएको साधारण कन्सेप्टको सवारी साधन होइन । कम्पनी यो मोड्युलरफ्लाइङ कारप्रति गम्भीर छ ।

यो वर्षको अन्त्यसम्ममा चीनमा उड्ने कारको बुकिङ सुरु गरिने कम्पनीले बताएको छ । सन् २०२५ सम्ममा कारको डेलिभरी पनि सुरु गर्नेयोजना भएको बताइएको छ ।

२०२५ को अन्त्यसम्ममा युजरहरुले यो कार प्रयोग गर्न सक्नेछन् । एक्सपेङ एशियाको सबैभन्दा ठूलो फ्लाइङ कार बनाउने कम्पनी हो ।यो नयाँ कन्सेप्टले यातायातको भविष्य नै फेरिदिने दाबी कम्पनीले गरेको छ ।

यो कारको डिजाइनलाई दुई हिस्सामा बाँडिएको छ । कार जमिनमा दौडिनुको साथसाथै हावामा पनि उड्न सक्छ । यो इलेक्ट्रिकभर्टिकल टेक–अफ र ल्यान्डिङ एयरक्राफ्ट (ईभोल्ट) हो । यसलाई सजिलैसँग सकडमा कारको रुपमा चलाउँदै गर्दा चाहिएको बेलामाविमान जसरी हावामा उडाउन सकिन्छ । कारको मोडलाई जमिन र हावा गरी २ वटामा स्वीच गर्न सकिन्छ । यो कार आकस्मिक समयमाउपयोगी हुने दाबी कम्पनीले गरेको छ ।

यसलाई व्यक्तिगत निजी वाहनको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसलाई आकस्मिक सेवा, उद्धार कार्य आदीमा पनि प्रयोग गर्नसकिन्छ । कम्पनीले सीईएसमा कारको डेमो पनि दिएको थियो । कम्पनीले चीनबाहिर यो कारको डेमो दिएको यो पहिलो पटक हो ।एक्सपेङ्ग एरोएचटी एक्सपेङ मोटर्सको सहायक कम्पनी हो । यसले गएको १० वर्षदेखि लो–एल्टीट्यूड एक्सप्लोरेशनको क्षेत्रमा कामगरिरहेको छ ।यो समाचार एजेन्सीको सहयोगमा तयार भयको हो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...