शिवम सिमेन्टको आठौं वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने
वि.सं.२०८० पुस २७ शुक्रवार
काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाबाट आ.व. २०७९।०८० सम्मको संचित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारितगरेको हो ।
आ.व. २०७९।०८० सम्मको संचित मुनाफाबाट (शेयर प्रिमियम वापतको रकम यथावत रुपमा कम्पनीमा नै संचित राखी) अन्य संचितरकमबाट शेयरधनीलाई चुक्ता पूँजी रु ४ अर्व ४० करोडको १४.२५ प्रतिशतका दरले ६२ करोड ७० लाख बराबरको वोनस शेयर र ०.७५प्रतिशतका दरले (कर प्रयोजनका लागि) ३ करोड ३० लाख नगद लाभाँस सहित आफ्ना शेयरवालाहरुलाई कूल जम्मा १५ प्रतिशतकादरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
हाल कम्पनीको अधिकृत पुँजी ७ अर्व र जारी तथा चुक्ता पूँजी ४ अर्व ४० करोड रहेकोमा १४.२५ प्रतिशतका का दरले बोनश शेयरवितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा बृद्धि भई ५ अर्व २ करोड ७० लाख कायम हुनेछ ।
शिवम् सिमेन्ट्स लिमिटेडको आज राष्ट्रिय सभागृह, प्रर्दशनी मार्ग, काठमाडौंमा आयोजना गरेको आठौं वार्षिक साधारण सभा कम्पनीकोसंचालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बसेको सभाले संचालक समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेषप्रस्तावहरु पारित गरी सभा सम्पन्न गरेको थियो ।
प्रकाशित समय : २०:२६ बजे






















