back

नेपालको बिजुलीः साउन पहिलो सातादेखि बंगलादेशमा विद्युत निर्यात सुरु

काठमाडौं । नेपालले बंगलादेशमा विद्युत निर्यात गर्न तयारी थालेको छ । नेपाल र बंगलादेश बीच आगामी साउनको पहिलो साताबाट विद्युत व्यापार सुरु गर्ने तयारी गरिएको हो ।

यसका लागि नेपाल, भारत र बंगलादेशबीच हुने त्रिपक्षीय सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ ।

अब एक/दुई हप्ता भित्रै त्रिपक्षीय सम्झौता गरेर आगामी साउनदेखि बंगलादेशमा नेपाली विद्युत निर्यात गर्ने तयारी गरिएको प्राधिकरणले स्रोतले जनाएको छ ।

‘नेपाली विद्युत बंग्लादशेमा पुर्याउन भारतको प्रसारण लाइन प्रयोग गनूपर्छ, त्यसको लागि भारतले सहमती दिइसकेको छ । अब छिट्टै महशुल दर, प्रसारण लाइनको भाडादर लगायतका बिषयमा त्रिपक्षीय सम्झौता गरिनेछ । त्यसपछि नेपालको बिजुली भारतीय प्रसारण लाइन मार्फत बंगलादेशमा विद्युत निर्यात गरिने छ’– स्रोतले भन्यो ।

गत जेठ २ र ३ गते बंगलादेशमा सम्पन्न नेपाल बंगलादेश ऊर्जा बैठकमा द्धिपक्षीय विद्युत व्यापार सुरु गर्ने सहमती भएको थियो । तत्काललाई भारतीय प्रसारण लाइन प्रयोग गरेर ४० मेगावाट विद्युत बंगलादेश पुर्याउने सहमती थियो । त्यसका लागि नेपाल विद्युत प्राधिरकण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय विद्युत व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय सम्झौता गर्ने भनिएको थियो ।

भारतले पनि नेपाल र बंगलादेशसँगको ऊर्जा सम्बन्धी बैठकमा नेपाल बंगलादेश विद्युत व्यापारमा सहयोगन गर्ने भनेको थियो । तर, त्यसबारे सहमती नै भइकेको थिएन । तर, अहिले त्रिपक्षीय सम्झौताको तयारी अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ ।

प्राधिकणका अनुसार पनि त्रिपक्षीय छलफल जारी रहेको छ, विद्युत खरिद बिक्री सम्झौता (पीपीए) को अन्तिम मस्यौदा तयार भइसकेको छ । त्यसमा बंगलादेशले सहमती आउन बाँकी रहेको बताइएको छ । बगलादेशले सहमती गरेपछि त्यसमा त्रिपक्षीय सहमती हुने बताइएको छ । सम्भवत अब छिट्टै त्रिपक्षीय सहमती हुने र साउनदेखि विद्युत निर्यात गर्न सुरु गरिनेछ ।

यसमा सबैभन्दा पहिले गत भदौमा काठमाडौंमा सम्पन्न ऊर्जा सचिव स्तरीय बैठकमा बंगलादेशले गत कात्तिक भित्रै नेपालबाट ४० देखि ५० मेगावाट विद्युत किन्ने सहमती गरेको थियो । त्यसका दुवै देशले भारतसँग पहल गर्ने भनिएको थियो । तर, भारतसँग समयमै समन्वयन नहुदाँ त्यो सफल हुन सकेको थिएन । त्यसपछि केही महिना अघि भारतमा सम्पन्न बंगलादेश भारत ऊर्जा बैठक र गत फागुनमा सम्पन्न नेपाल भारत ऊर्जा बैठकमा भारतले यसमा सहयोग गर्ने भनेको थियो ।

भारतले सहयोग गर्ने प्रतिवद्धता गरेपछि गत जेठ पहिला साता सम्पन्न नेपाल बंगलादेश ऊर्जा बैठकमा द्धिक्षीय व्यापार गर्ने सहमती भएको थियो । त्यसपछि यही बर्खामा बंगलादेशमा विद्युत बिक्री गर्र्ने प्राधिकरणको तयारी छ ।

नेपाल र बंगालदेश सिमा जोडिएका देश होइनन् । दुवै देशका सिमा बीचमा बीचमा भारतीय भुमि पर्छ । त्यो अवस्थामा नेपाल बंगलादेशबीच ऊर्जा व्यापार गर्न भारतीय भुमि र प्रसारण लाइन प्रयोग गर्नुपर्ने बाध्यता छ । अन्तरदेशीय प्रसारण लाइन बनाउन परेपनि भारतीय भुमि नै प्रयोग गर्नुपर्छ । त्यसकारण यसमा भारतको सहयोग अनिवार्य छ ।

प्राधिकरणले मध्यकालिन पीपीए (५ बर्ष अवधीको) गरेर भारतमा यसैबर्षदेखि २०० मेगावाट विद्युत बिक्री गर्ने तयारी पनि गरेको छ । अहिले प्राधिरकणले दैनिक बोलकवाले गरेर भारतको इनर्जी एक्सचेजन्ज मार्केटमा विद्युत बिक्री गर्दै आएको छ । अब भने निश्चित महशुलदरमा भारतीय बजारमा ५ बर्षको लागि विद्युत बिक्री गर्न लागिएको हो । त्यसका लागि बिभिन्न आयोजना स्वीकृतिका लागि भारत समेत पठाइएको छ । त्यो स्वीकृत भएर आएपछि भारतमा थप विद्युत निर्यात गरिनेछ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...