शान्ति सुरक्षाको माग राख्दै लघुवित्त बैंकर्स संघद्वारा ७७ जिल्लाका सीडीओलाई एकैपटक बुझाए ज्ञापनपत्र
वि.सं.२०८० असार ११ सोमवार
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले शान्ति सुरक्षाको माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रबुझाएको छ ।
संघका पदाधिकारीहरुले काठमाण्डौका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई ज्ञापन पत्र बुझाएका हुन् ।
पछिल्लो केही समयदेखि लघुवित्त वित्तीय संस्थाहरुको बिरुद्धमा केही ब्यक्ति तथा समूहले लघुवित्त बिरुद्धको संर्घष समिति नामकोअवैधानिक समूहमार्फत संस्थाहरुकोे कार्यालयमा ताल्चा लगाउने, कर्मचारीहरु माथि हातपात गर्ने, लघुवित्त कार्यक्रम बन्द गर्न लगाउनेर विभिन्न धम्की दिएर कर्मचारीहरुको मनोबल गिराउने जस्ता अराजक गतिविधि भैरहेको संघको विज्ञप्तिमा उल्लेख गरीएको छ । सोकार्य रोक्नका लागि संघले देशका ७७ वटै जिल्लामा कर्मचारीहरुमार्फत ज्ञापन पत्र बुझाएका छन् ।
संघका पदाधिकारीले देशभर पछिल्लो समय घटेको घटनाले आम लघुवित्तकर्मी तथा नागरिकहरुमा त्रासको वातावरण सृजना भएको रत्यस्ता अराजक गतिविधिले देशको अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारिरहेकोले विभिन्न समूहका कार्यक्रमलाई बन्द गराईलघुवित्तकर्मीहरुलाई तत्काल शान्ति सुरक्षा कायम गर्न माग गर्दै सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट नै ज्ञापन पत्र बुझाइएकोहो ।
काठमाण्डौका प्रमुख जिल्ला अधिकारी उपाध्यायले यस घटनाप्रति ध्यानाकर्षण भएको र लघुवित्तको क्षेत्रमा जानकार रहेकोले त्यसकोसमस्याको समाधानको लागि आफू प्रतिबद्ध रहेको लघुवित्त संघका पदाधिकारीहरुलाई आश्वासन दिएका छन् ।
प्रकाशित समय : १५:४९ बजे


















