नमस्ते पेको बम्पर अफर, ल्यापटप र स्कुटर जित्ने मौका
वि.सं.२०८० असार ७ बिहीवार
काठमाडौं । नमस्ते पे ले नयाँ तथा विद्यमान दुवै ग्राहकहरुका लागि विभिन्न अफर र क्यासब्याक को साथ नयाँ अभियान सुरु गरेको छ ।
यो अभियान असार ४ गतेदेखि सुरु भएको हो । यो अभियान अन्तरगत बम्पर अफरको रूपमा, दुई भाग्यशाली विजेताहरूले ल्यापटप र स्कुटर जित्ने मौका पाउनेछन् ।
अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले कुनै पनि सेवाहरूको न्यूनतम दुई कारोबार पूरा गजुपर्नेछ ।
साप्ताहिक अफरहरू जस्तै स्र्माट र्वाच, ट्रभल प्केज र उडान टिकटमा १०० प्रतिशत क्यासब्याकको लागि योग्य हुन प्रयोगकर्ताहरूले कम्तिमा एउटा कारोबार एक हप्ताको अवधिमा गर्न आवश्यक रहेको कम्पनीले बताएको छ ।
त्यसैगरी, दैनिक अफरहरू जस्तै ५०० रुपैयाँ वालेट ब्यालेन्स, १ जिबी डाटा प्याक र १०० रुपैयाँ क्यासब्याक विशेष गरी नमस्ते पेका नयाँ प्रयोगकर्ताहरूका लागि हुन् । यस अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले नमस्ते पे एप डाउनलोड र दर्ताका साथै प्थ्ऋ प्रमाणित गर्नुपर्ने छ ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।
आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।
प्रकाशित समय : १२:५८ बजे


















