सिंगल डिजिजमा आईपुग्यो निक्षेपको ब्याजदर: बैशाखबाटै ब्याजदर घट्दै ,अब कति पुग्यो ?
वि.सं.२०७९ चैत २९ बुधवार
काठमाडौं । आगामी बैशाखमा ब्याजदर घटाउने निर्णय भएको छ । नेपाल बैंकर्स संघको बुधवार बसेको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो ।
आगामी बैशाखमा निक्षेपको ब्याजदर सिंगल डिजिजमा ल्याउने सहमति भएको नेपाल बैंकर्स संघका सदस्य तथा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ्ले अर्थपथलाई बताए ।
उनका अनुसार बैंकको निक्षेपको ब्याजदर ९.९ प्रतिशत कायम गर्ने सहमति भएको छ ।
मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतबाट घटेर ९.९ प्रतिशतमा झारिएको छ ।
अब संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत, , बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ ।
प्रकाशित समय : ११:४९ बजे






















