back

राष्ट्रिय कर्मचारी संगठनको बागमति प्रदेश अध्यक्षमा ढुंगाना निर्वाचित

काठमाडौं नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्वाचित भएका छन्

बागमती प्रदेश समितिको दोश्रो अधिवेशनले पूर्वाधार विकाश कार्यालय, काभ्रेका लेखा अधिकृत ढुंगानाको अध्यक्षतामा नयाँकार्यसमिति निर्वाचित गरेको हो

सचिवमा सिताराम फुयाल, सहसचिवमा छितेन भोटे, कोषाध्यक्षमा सन्तोष ढकाल सह कोषाध्यक्षमा सरिता ओली निर्वाचित भएकाछन् कार्यसमितिको उपाध्यक्षहरुमा राजु अर्याल, कुण्डल बिक्रम बुढाथोकी, जयराम कार्की सुस्मिता सापकोटा रहेको कार्यसमितिसदस्य इश्वर केसीले जानकारी गराएका छन्

कार्यसमितिमा २१ सदस्यीय रहेको बन्द सत्रमा बागमती प्रदेशका १३ जिल्लाबाट आएका ६७ जना प्रतिनिधि सहभागी रहेका थिए नवनिर्वाचित अध्यक्ष श्रवण ढुंगानाले अधिवेशनको म्यान्डेट अनुसार पेशागत हकहित ट्रेड युनियन अधिकारको पक्षमा लागिरहनेप्रतिवद्धता प्रकट गरेका छन् त्यतिमात्र नभएर सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको उनले बताएका छन्

काठमाडौंमा सम्पन्न अधिवेशनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घघाटन गरेका थिए उद्घघाटनक्रममा सम्बोधन गर्दै मन्त्री मोदीले ब्युरोक्रेसीमा कायम रहेको वर्ग विभेद आफूले अन्त्य गर्ने उद्धोष गरेका थिए

पियन ड्राइभर जस्ता श्रेणी बिहिन कर्मचारीहरुले दिनरात सेवा गरेपनि सेवाको सहि मूल्यांकन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनलेउक्त उद्घोष गरेका हुन्

आफू सामन्तवाद बिरुद्ध लडेर आएको भन्दै कर्मचारीतन्त्रको सामन्तवाद आफूलाई स्वीकार्य नभएको मन्त्री मोदीले बताएका छन्

कर्मचारीतन्त्रमा केही सीमित कर्मचारीको हालीमुहाली रहेको खुलासा गर्दै मन्त्री मोदीले तीनै कर्मचारीले बहुसंख्यक कर्मचारी माथिअन्याय गरिरहेको बताए आफ्नो कार्यकालमा सरुवा बढुवाको बैज्ञानिक प्रणाली बनाइने सबैमाथि न्याय गरिने उनको दाबी

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) मा आबद्ध कर्मचारी पार्टीको बैचारिक सेना समेत भएको भन्दै अध्यक्ष पौडेलले पार्टीलेल्याएको बिचार एजेन्डा लागू गर्दै परिवर्तनको मर्म अनुरुप जनतालाई सेवा गरी सन्तुष्ट पार्नुपर्नेमा जोड दिए

उनले जनताले लडेर ल्याएको व्यवस्था बलियो बनाउन आफुहरु सक्रियताकासाथ लागी पर्ने बताएका छन्

nactional life
Corporatebazar 11 Anniversary

यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार कागजमै सीमित छन् : सांसद श्रेष्ठ

यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार कागजमै सीमित छन् : सांसद श्रेष्ठ

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भूमिका श्रेष्ठले यौनिक तथा...

प्रधानमन्त्रीप्रति संवैधानिक संंस्कार र संसदीय परम्पराको प्रश्न उठेको छ : कांग्रेस

प्रधानमन्त्रीप्रति संवैधानिक संंस्कार र संसदीय परम्पराको प्रश्न उठेको छ : कांग्रेस

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५५

काठमाडौं । नेपाली कांग्रेसले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र...

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:२८

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको...

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:१७

काठमाडौँ । सरकारले आगामी एक दशकलाई ‘आर्थिक रूपान्तरणको दशक’ घोषणा...

यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:५२

काठमाडौँ । सरकारले नेपाली जलको ब्राण्डिङ गर्ने नीति लिएको छ...

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:३०

काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माण क्षेत्रका प्रभावितलाई जग्गाको मुआब्जाका...