back

बैंक तथा वित्तीय संस्थाले घटाए ब्याजदर, कसले कति दिने ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाएका छन् । चैत १ गतेदेखि लागू हुनेगरि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाएर सार्वजनिक गरेका हुन् ।

प्रकाशित नयाँ ब्याजदर अनुसार वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर स्थिर राखेका छन्। साधारण बचत तथा कल निक्षेपको ब्याजदर घटाएका छन्।बैंकहरुले मुद्दति निक्षेपमा अधिकतम ११ प्रतिशत, बचतको ०.४२ प्रतिशत विन्दु घटाएका हुन् । बैंकहरुको साधारण बचतको ब्याजदर ६ देखि ८ प्रतिशतसम्म र कल निक्षेपको ब्याजदर भने ३ प्रतिशतमा झारेका छन् ।

यस्तै, विकास बैंकहरुले भने मुद्दती निक्षेपमा पनि ब्याजदर घटाएका छन् । विकास बैंकहरुले पनि ब्याजदर घटाउने भएका छन् । आगामी चैत १ गतेदेखि लागू हुनेगरि बैंकहरुले ब्याजदर घटाउने भएका हुन् ।

सोमबार बसेको डेभलपमेन्ट बैंकर्स संघको बैठकले चैतमा ब्याजदर ०.२५ प्रतिशतले घटाउने निर्णय गरेको हो । विकास बैंकहरुले एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत र एक वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर ११.५० प्रतिशत तोकेका छन् ।

यस्तै, संस्थागत तर्फ भने एकवर्षे वा सोभन्दा माथिको मुद्दति निक्षेपमा ९.६० प्रतिशत र साधारण बचतमा न्यूनतम ६.६० प्रतिशतदेखि ८.६० प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछन् ।

यता, फाइनान्स कम्पनीहरुले १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ०.२० प्रतिशतविन्दु घटाएका छन् । सोभन्दा कम अवधिको मुद्दती निक्षेपको ब्याजदर ०.१५ प्रतिशतविन्दुले घटाएका छन्। अधिकांश फाइनान्सहरुले १२ प्रतिशत ब्याज दिने भएका छन् ।

 

nactional life
Corporatebazar 11 Anniversary

बैंकलाई राहत: धितोमा सकार गरेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने प्रावधान सर्वोच्चद्वारा खारेज

बैंकलाई राहत: धितोमा सकार गरेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने प्रावधान सर्वोच्चद्वारा खारेज

वि.सं.२०८३ वैशाख २१ सोमवार १९:४२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले धितोमा लिएको जग्गा सकार...

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:५६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना...

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:०७

काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...