back

प्रभु र सेञ्चुरीलाई मर्जरमा जान राष्ट्र बैंककाे स्वीकृति, कहिले हुन्छ एकीकृत कारोबार ?

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकलाई गाभ्न प्रभु बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका छ । प्रभुले सेञ्चुरी बैंकलाई १ बराबरको अनुपातमा प्राप्ति गर्न लागेको हो ।

हिजो सोमबार बसेको राष्ट्र बैंकको संचालक समितिको बैठकले यी दुवै बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको बताइएको छ । अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि दुवै बैंकलाई एकीकृत कारोबार थालनीको बाटो खुला हुनेछ ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत पुस मसान्तसम्म मर्जरको एकीकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले मात्रै छुट तथा सुविधाहरु पाउने व्यवस्था गरेको छ । सो व्यवस्था बमोजिम प्रभु र सेञ्चुरी बैंकले पुस अघिनै एकीकृत कारोबार गर्ने तयारी गरेको बताइएको छ । मर्जपछि बैंकको नाम प्रभु नै रहनेछ । बैंकको चुक्ता पुँजी २२ अर्ब बढी हुनेछ । हाल प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड र सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ बढी छ ।

मर्जपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन हुनेछन् भने डेपुटी सीईओमा सेञ्चुर बैंकका तर्फबाट मनोज न्यौपाने रहनेछन् । मर्जपछि बन्ने संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने बताइएको छ ।

 


६६ खर्ब ९६ अर्ब पुग्यो वाणिज्य बैंकहरूको सम्पत्ति, कुन बैंकको कति छ सम्पत्ति ? (लिस्टसहित)

६६ खर्ब ९६ अर्ब पुग्यो वाणिज्य बैंकहरूको सम्पत्ति, कुन बैंकको कति छ सम्पत्ति ? (लिस्टसहित)

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४६

काठमाडौं । वाणिज्य बैंकहरुको कुल सम्पत्ति ६६ खर्ब पुगेको छ...

कामना सेवा विकास बैंकको ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:२१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा...

प्रभु इन्स्योरेन्सको ५ प्रतिशत लाभांश पारित

प्रभु इन्स्योरेन्सको ५ प्रतिशत लाभांश पारित

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:१५

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २८ औँ वार्षिक साधारण सभा...

नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:०१

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता बढी संस्थापक...

सन नेपाल लाइफको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

सन नेपाल लाइफको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

वि.सं.२०८१ वैशाख २३ आइतवार ०९:५६

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:२८

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा...