back

मोलुङ्ग हाइड्रोपावरको आइपीओ बिक्री खुला

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गरेको छ । कम्पनीले आज (पुस १९ गते) देखि आईपीओ जारी गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतका दरले हुने आउने ८ करोड २ लाख ५० हजार रुपैयँ बराबरको ८ लाख २ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहका नेपालीहरुका लागि २ लाख ७२ हजार ८५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता तथा कर्मचारीका लागि ५४ हजार ५७० कित्ता जारी गरेको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने, बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा छुट्याएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा माघ ३ गतेसम्म ढिलोमा १८ गतेसम्म लम्बिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुत्तिःनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ।

त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारमा रहेको नेपालीहरुले आवेदन दिन सक्नेछन्।

 


Kageshwori manohara
मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो

वि.सं.२०८० मंसिर ८ शुक्रवार १३:५०

काठमाडौं । सर्वसाधारणका लागि आज (शुक्रबार)देखि मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक...

भगवती हाइड्रोपावरले ५ भदौदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै

भगवती हाइड्रोपावरले ५ भदौदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै

वि.सं.२०८० साउन २९ सोमवार १६:५३

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ५ भदौदेखि प्राथमिक...

सन नेपाल लाइफको आईपीओ निष्काशन मिति तोकियो, कहिलेदेखि हुँदैछ बिक्री खुला ?

सन नेपाल लाइफको आईपीओ निष्काशन मिति तोकियो, कहिलेदेखि हुँदैछ बिक्री खुला ?

वि.सं.२०८० साउन २४ बुधवार १६:०८

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ निष्काशन...

सर्वसाधारणका लागि रिलायबल इन्स्योरेन्सको आईपीओ निष्काशन मिति तोकियो, कहिलेबाट हुँदैछ बिक्री खुला ?

सर्वसाधारणका लागि रिलायबल इन्स्योरेन्सको आईपीओ निष्काशन मिति तोकियो, कहिलेबाट हुँदैछ बिक्री खुला ?

वि.सं.२०८० साउन १५ सोमवार १३:४७

काठमाडौंं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणको प्रिमियममा आईपीओ निष्काशन...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट बिक्री खुला

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट बिक्री खुला

वि.सं.२०८० असार २७ बुधवार १३:३२

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बुधबारबाट वैदेशिक रोजगारीमा रहेका...

आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्ला

आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्ला

वि.सं.२०८० असार २१ बिहीवार १०:५९

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्काशन गरेको...