back

युनाइटेड सिमेन्टलाई विद्युत महशुलको २० करोड २४ लाख बक्यौता तिर्न आदेश

धादिङ । युनाइटेड सिमेन्ट प्रा.लि.ले नेपाल विद्युत प्राधिकरणलाई १६ करोड १९ लाख ४१ हजार आठ सय १९ रुपैंयाँ विद्युत महशुल तिर्नुपर्ने धादिङ जिल्ला अदालतले ठहर गरेको छ ।

सिमेन्ट उद्योगले विद्युत खपत गरेबापतको रकम प्राधिकरणलाई तिर्नुपर्ने धादिङ जिल्ला अदालतका न्यायाधिश स्वीकृति पराजुलीको इजलासले आइतबार फैसला सुनाएको हो ।

धादिङको धुनिबेसी नगरपालिकास्थित जुगेडीमा संचालित सिमेन्ट उद्योगले लोडसेडिङको समयमा ट्रङ्क लाइनबाट जोडिएको विद्युत महशुल छुट पाउनुपर्ने भन्दै नेपाल विद्युत प्राधिकरणको विरुद्ध धादिङ जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।

जिल्ला अदालतमा मुद्धा दायर गर्नुपूर्व उद्योगले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो तर, उच्च अदालतका तत्कालिन मुख्य न्यायाधिस नहकुल सुवेदी र न्यायाधिक टेकनारायण कुँवरको इजलासबाट प्राधिकरणसँग सम्बन्धित निकायमा दाबी नगरी सिधै उच्च अदालत आएको भन्दै रिट बदर भएको थियो ।

विद्युत महशुल संकलन नियमावली २०७३ को विनियम ५ (१३) तथा विद्युत वितरण नियमावली २०७९ को नियम ४५ मा नियमावली बमोजिम भए गरेका काम कारबाही निर्णयउपर चित्त नबुझे प्राधिकरणकै पुनरावेदन समिति समक्ष पुनरावेदन गर्न पाउने स्पष्ट कानूनी व्यवस्था हुँदाहुँदै उच्च अदालतमा रिट दायर गरेकाले रिट बदर भएको आदेशमा उल्लेख छ।

२०७३ भदौदेखि २०७५ चैतसम्म टङ्कलाइन तथा डेडिकेटेड महशुल तिर्नुपर्ने नेपाल विद्युत प्राधिकरणले ठहर गरी महशुल चुक्ता गर्न आग्रह गरेको थियो । तर उद्योगले भने यो समयमा तिर्न देखिएको महशुल छुटका लागि दावी गरेको थियो । उच्च अदालत पाटनले उत्प्रेषण आदेशको रिट खारेज गरेपछि उद्योगले बक्यौदा महशुल छुट दावी गर्दै २०७६ पुस ८ गते धादिङ जिल्ला अदालतमा मुद्धा दायर गरेको हो। उच्च अदालत र जिल्ला अदालत गरी झण्डै चार वर्ष अदालतमा चलिरहेको मुद्धालाई २०७९ पुस १७ गते बक्यौदा महशुल तिर्नुपर्ने ठहर गर्दै धादिङ जिल्ला अदालतले मुद्धाको किनारा लगाएको छ।

नेपाल विद्युत प्राधिकरण धादिङका अनुसार युनाइटेड सिमेन्ट उद्योगले अदालतले ठहर गरेको महशुलमा थप २५ प्रतिशत जरिवानासमेत जोडिनेछ । १६ करोड १९ लाख ४१ हजार आठ सय १९ रुपैंयाँको २५ प्रतिशतले हिसाब गर्दा २० करोड २४ लाख २७ हजार तीन सय ७४ रुपैंयाँ प्राधिकरणलाई तिर्नुपर्ने देखिन्छ।

 

khanepani

अर्थतन्त्र सुधारोन्मुख छः गभर्नर अधिकारी

अर्थतन्त्र सुधारोन्मुख छः गभर्नर अधिकारी

वि.सं.२०७९ माघ १३ शुक्रवार ११:०७

उदयपुर। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्र सुधारोन्मुख...

‘अर्थतन्त्रः अबको बाटो’ ; ‘निक्षेपको ब्याजदर घटेर मात्रै हुँदैन, कर्जाको ब्याज कम दोहोरो अंकमा आवश्यक’ छ: पूर्व अर्थमन्त्री खतिवडा

‘अर्थतन्त्रः अबको बाटो’ ; ‘निक्षेपको ब्याजदर घटेर मात्रै हुँदैन, कर्जाको ब्याज कम दोहोरो अंकमा आवश्यक’ छ: पूर्व अर्थमन्त्री खतिवडा

वि.सं.२०७९ माघ ५ बिहीवार १०:१५

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले उनले बैंकहरुको ब्याजदर मात्र घटेर...

सामाजिक सुरक्षा कोषमा २८ अर्ब संकलन, ३ अर्ब बढी दावी भुक्तानी

सामाजिक सुरक्षा कोषमा २८ अर्ब संकलन, ३ अर्ब बढी दावी भुक्तानी

वि.सं.२०७९ पुस २९ शुक्रवार ०९:२९

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत योजनाकर्तालाई ३...

विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवाहरु विस्तार गर्दै डिजिटल नेपाल बनाउछौं: अध्यक्ष अर्याल

विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवाहरु विस्तार गर्दै डिजिटल नेपाल बनाउछौं: अध्यक्ष अर्याल

वि.सं.२०७९ पुस २९ शुक्रवार ०९:०९

काठमाडौं । नेपाल टेलिकमका सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा...

काठमाडाैं महानगरपािलकाकाे राजश्व सङ्कलन बढ्याे

काठमाडाैं महानगरपािलकाकाे राजश्व सङ्कलन बढ्याे

वि.सं.२०७९ पुस २१ बिहीवार १०:५८

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा...

तेस्रो पटक अर्थमन्त्री बने विष्णु पौडेल, अब आउला त अर्थमन्त्रमा सुधार ? , यस्तो छ पौडेलको राजनैतिक यात्रा

तेस्रो पटक अर्थमन्त्री बने विष्णु पौडेल, अब आउला त अर्थमन्त्रमा सुधार ? , यस्तो छ पौडेलको राजनैतिक यात्रा

वि.सं.२०७९ पुस ११ सोमवार १७:४५

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बनेका छन्...