back
nactional

लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा ३२ इन्चको टीभी उपहार, कति पर्छ मूल्य ?

काठमाडौं । नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक ईभी नेपाल मोटर्सले नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ ।

यस अनुसार कुनै पनि स्कुटर किन्ने ग्राहकले एमआईको ३२ इन्च स्मार्ट गुगल टीभी पाउने छन् ।

हाल विश्व कप फुटबल चलिरहेको र यसका लागि आकर्षक टीभी उपहारको रुपमा व्यवस्था गरिएको ईभी नेपाल मोटर्सले जनाएको छ ।

हाल नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।

नेपाली व्यावसायिक घरानाको रुपमा ३० वर्ष देखि परिचित बज्र ग्रुपले विभिन्न विश्व प्रसिद्ध ब्रान्ड नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ ।

हाल बज्र ग्रुप अन्तर्गतको ईभी मोटर्स नेपालले लेभ्निङ इलेक्ट्रिक स्कुटर भर्खर कलेज पढ्दै गरेका विद्यार्थी देखि युवाका साथै महिला पुरुष सबैलाई हुने र फुड डेलिभरी गर्न मिल्ने, अशक्तले चलाउन मिल्ने स्कुटर बजारमा उपलब्ध गराउदै आइरहेको छ ।

यी स्कुटरमा विश्व प्रसिद्ध बोस कम्पनीको मोटर र विभिन्न क्षमताका लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ ।

ब्याट्री सिंगल र रिप्लेसेबल ड्युअल गरी दुवै प्रकारका छन् ।

स्कुटरमा विभिन्न तीन राइडिङ मोड छन् भने एन्टी थेफ्ट रिमोट कन्ट्रोल लगायतका विभिन्न फिचर उपलब्ध छन् भने २ वर्षको वारेन्टी उपलब्ध छ ।

नेपालभर रहेका विभिन्न शोरुमहरुबाट सो स्कुटर बिक्रीका लागि उपलब्ध भएको बज्र ग्रुपका एजीएम एनके शरदले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा नयाँ ‘नामी भिगो ई २’ सार्वजनिक: ५ लाख सस्तियो मूल्य, नाडा अटो शोमा ३५.९९ लाखमै पाइने

नेपालमा नयाँ ‘नामी भिगो ई २’ सार्वजनिक: ५ लाख सस्तियो मूल्य, नाडा अटो शोमा ३५.९९ लाखमै पाइने

वि.सं.२०८३ भदौ ३ बुधवार २१:४४

काठमाडौँ । नेपालको विद्युतीय सवारी साधन (ईभी) बजारमा तीव्र प्रतिस्पर्धा...

नेपालमा बहुप्रतीक्षित ‘Sierra.ev’ भित्रियो, नाडा अटो शोमा आधिकारिक रूपमा सार्वजनिक गरिँदै

नेपालमा बहुप्रतीक्षित ‘Sierra.ev’ भित्रियो, नाडा अटो शोमा आधिकारिक रूपमा सार्वजनिक गरिँदै

वि.सं.२०८३ भदौ ३ बुधवार २१:४२

काठमाडौँ । भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

राठी ट्रेडिङले मनोहरामा सुरु गर्‍यो अत्याधुनिक ईभी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क

राठी ट्रेडिङले मनोहरामा सुरु गर्‍यो अत्याधुनिक ईभी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५७

काठमाडौं । चीनको शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका विद्युतीय सवारी...

एउटै मूल्यका चेतक २५०१ र टीभीएस अर्बिटर: कुन स्कुटरमा के छ खास?

एउटै मूल्यका चेतक २५०१ र टीभीएस अर्बिटर: कुन स्कुटरमा के छ खास?

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३५

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक स्कुटर माग र प्रतिस्पर्धा बढ्दो...

पाँचौँ पुस्ताको हुन्डाई टक्सन नयाँ डिजाइन र अत्याधुनिक फिचरसहित सार्वजनिक

पाँचौँ पुस्ताको हुन्डाई टक्सन नयाँ डिजाइन र अत्याधुनिक फिचरसहित सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३१

काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले आफ्नो लोकप्रिय एसयूभी...

नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म, २ लाख आगन्तुक आउने अपेक्षा

नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म, २ लाख आगन्तुक आउने अपेक्षा

वि.सं.२०८३ भदौ ३ बुधवार १५:५२

काठमाडौं । नेपालको चर्चित अटोमोबाइल प्रदर्शनी ‘एचपी लुब्रिकेन्ट्स प्रेजेन्ट्स नाडा...