back

चीनभरि चर्किँदैछ लकडाउनविरूद्ध प्रदर्शन, के नेपालमा पनि फेरि लकडाउन हुन्छ ?(आफ्नो भनाई राख्नुहोस्)

काठमाडौं । चीनमा कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनविरूद्ध विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्।

साउथ चाइना मर्निङ पोष्टका अनुसार राजधानी बेइजिङ र आर्थिक केन्द्र सांघाईलगायत देशभरिका थुप्रै सहरमा शनिबारदेखि सरकारको ‘जिरो कोभिड’ नीतिका विरूद्ध प्रदर्शन भइरहेका छन्।

सन् २०१९ को अन्त्यमा चीनको वुहान सहरबाट कोरोनाभाइरसको संक्रमण सुरू भएको थियो। त्यसयता चीनले विभिन्न क्षेत्रमा विभिन्न रूपका प्रतिबन्धहरू लगाउँदै आएको छ। कोरोनाभाइरस महामारी मत्थर हुँदै गएको र मानिसहरूले खोप लगाइसकेकाले संसारका अरू मुलुकहरूले नागरिकमाथि लगाइएका सबै प्रतिबन्धहरू लगभग हटाए पनि चीनले कोरोनाविरूद्धको शून्य सहनशिलता नीति जारी राखेको छ।

यसअघि पनि चीन सरकारको उक्त नीतिविरूद्ध फाट्टफुट्ट आवाज उठ्ने गरेका थिए। तर गत बिहीबार चीनको पश्चिममा पर्ने सिन्जियाङ स्वशासित क्षेत्रमा भएको एउटा घटनाले लकडाउनविरूद्धको प्रदर्शनलाई बढाएको हो।

गत बिहीबार सिन्जियाङको राजधानी उरूम्कीमा एक अपार्टमेन्टमा आगलागी भएको थियो। १५ औं तलामा भएको उक्त आगलागीलाई नियन्त्रण गर्न अग्निनियन्त्रकलाई घन्टौं समय लागेको थियो। आगलागीमा परी अपार्टमेन्टमा रहेका १० जना मानिसको मृत्यु भएको थियो।

उरूम्कीमा सय दिनदेखि लकडाउन गरेर नागरिकलाई बाहिर निस्कन दिइएको छैन। सोही लकडाउनका कारण उक्त अपार्टमेन्टका मानिसहरू बाहिर निस्कन नसकेको र १० जनाले ज्यान गुमाउनु परेको भन्दै प्रदर्शन सुरू भएको हो। सामाजिक सञ्जालहरूमा सरकारको नीतिकै कारण ती मानिसहरूले ज्यान गुमाएको भन्दै व्यापक विरोध भइरहेको छ। अधिकारीहरूले भने उक्त कुरालाई अस्वीकार गर्दै आएका छन्। शनिबार उनीहरूले उरूम्कीका लकडाउन बिस्तारै खुकुलो पारिँदै जाने आश्वासन दिएका छन्।

आगलागीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिन र लकडाउनको विरोध गर्न सुरूमा उरूम्कीमा मानिसहरू भेला भएका थिए। उनीहरूले लकडाउन विरूद्ध नारा पनि लगाएका थिए।

अहिले सांघाईं, बेइजिङ, वुहान, नान्जिङ, चोङक्विङलगायत सहरहरूमा विद्यार्थी र सहरबासी प्रदर्शनमा उत्रिएका छन्। ती प्रदर्शनका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

चीनमा सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीविरूद्ध बिरलै प्रदर्शन हुन्छन्। अहिले भइरहेका प्रदर्शनमा लकडाउनको मात्र विरोध भइरहेको छैन। चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको नीतिको पनि विरोध भइरहेको छ।

प्रदर्शनकारीहरूले राष्ट्रपति सी चिनफिङ र चिनियाँ कम्युनिष्ट पार्टीले सत्ता छोड्नु पर्ने, अभिव्यक्ति स्वतन्त्रता हुनु पर्ने र आफूहरूको आवाज सुनिनु पर्ने नारा लगाएका छन्। बेइजिङलगायत विभिन्न सहरमा रहेका विश्वविद्यालयका विद्यार्थीहरू पनि प्रदर्शन गरेका छन्।

गत महिना मात्र तेस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको शक्तिशाली महासचिव चुनिएका सीका लागि अहिले भइरहेको प्रदर्शन चुनौती बन्ने देखिएको छ। अहिलेसम्म सुरक्षाकर्मीहरूले केही प्रदर्शनकारीहरूलाई पक्राउ गरेका छन्। प्रदर्शन कतिसम्म चर्किन्छ र प्रशासनले त्यसलाई कसरी नियन्त्रण गर्न खोज्छ भन्ने एकिन छैन।

एकातिर लकडाउनविरूद्ध देशभरि प्रदर्शन भइरहेका बेला अर्कातिर चीनमा अहिले कोरोनाभाइरसको संक्रमण पनि ह्वात्तै बढेको छ।

साउथ चाइना मर्निङ पोष्टका सोमबार मात्र ४० हजार ५२ जनामा संक्रमण पुष्टि भएको छ। केही ठाउँमा सरकारले लकडाउन खुकुलो पारेसँगै संक्रमण बढेको हो। अहिले थपिएका संक्रमितमध्ये धेरै जनामा कोरोनाका लक्षणहरू देखिएका छन् भने केहीको अवस्था गम्भीर छ।

 


नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:४६

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि...

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन्...

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २१:२३

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हस्तकला व्यवसायले...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति पौडेल

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति पौडेल

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:२२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १३:०३

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी, के हो इडुरोम ?, के हो नेअशिस ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी, के हो इडुरोम ?, के हो नेअशिस ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार २२:२४

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे...