यस्तो छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा( पूर्णपाठ सहित)

वि.सं.२०७९ मंसिर १२ सोमवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आइतबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै घटाएको छ ।
नयाँ व्यवस्था अनुसार वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिनेछ ।
यसबाट बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरेको राष्ट्र बैंकले जनाएको छ । प्रिमियम सम्बन्धी व्यवस्थाको नियमित अनुगमन गर्ने जनाएको छ ।
पूर्णपाठ हेर्नुहोस्

प्रकाशित समय : ११:५७ बजे