व्यवसायमा जस्तै राजनीतिमा पनि सफल हुन चाहन्छु : विनोद चौधरी
वि.सं.२०७९ कात्तिक १ मंगलवार
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी नवलपरासी–१ का मतदाताका घरमा चुनावी प्रचारमा निस्केका छन् ।
निर्वाचनलाई लक्षित गर्दै प्रत्येक घरको समस्या बुझ्न मतदाताका घरमा पुगेको उनले बताएका छन् ।
अर्बपति चौधरीले आफ्नो जीवनको ६५ वर्षमा कहिल्यै फेल नभएको बताएका छन् । ‘६५ वर्षको उमेरमा कहिल्यै फेल नभएको म यहाँबिकास गर्छु भनेर आएको छु, व्यवसायमा जस्तै राजनीतिमा पनि सफल हुने विश्वास म मा छ, उनले भने।
अहिलेकै राजनीतिक शैली र प्रवृत्तिबाट परिवर्तन सम्भव नदेखेर आफू प्रत्यक्ष राजनीतिमा आएको उनको भनाइ छ ।
उनले भने ‘विकास र समृद्धिका लागि राजनीति र शासन व्यवस्थाको केन्द्रमा आर्थिक प्रणालीलाई सन्तुलन राख्नुपर्ने भएकाले मराजनीति आएको हु ।‘
कुशल व्यवस्थापकका रूपमा आफ्नो उद्योग, व्यवसायलाई सफल पारे जसरी नै राजनीतिमार्फत देशलाई सफल बनाउने चौधरीबताउँछन् ।
एक राजनीतिज्ञमा व्यवस्थापनसम्बन्धी ज्ञान पनि हुनुपर्ने उनको तर्क छ ।
नवलपरासी–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका चौधरीको जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीसँगमुख्य प्रतिस्पर्धा हुने भएको छ ।
प्रकाशित समय : ०७:५७ बजे





















