back

नाडाले गर्यो कर, भन्सार तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र मोरङ अटोमोवाइल्स डिलर्स एशोसिएसन प्रदेश नं. १, विराटनगरको संयुक्त कर, भन्सार तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार विराटनगरमा एक दिने कर, भन्सार तथा भेइकल कन्साइनमेन्ट एन्ड ट्राकिङ सिस्टम (भिसिटिएस) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव बहादुर थापाले उद्घाटन गरेका थिए । सो अवसरमा अध्यक्ष थापाले हाल सवारी साधन आयात गर्न बन्देजले व्यवसाय धारासायी अवस्थामा रहेको बताए । विगतका वर्षदेखी गर्दै आएको नाडा अटो सो यस वर्ष ईभी नाडा अटो एक्स्पो असोज ६ गतेदेखि आयोजना हुने समेत जानकारी गराए ।

कार्यक्रममा एशोसिएशनका अध्यक्ष संजय कुमार श्रेष्ठले व्यवसायीक एकताले नै हरेक संस्था बलियो हुने र व्यवसायीक एकता विना कुनेै क्षेत्र सम्भव नहुने साथै अटोमोवाइल व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्यालाई दृष्टिगतगरी यस किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।

साथै, अध्यक्ष श्रेष्ठले एशोसिएशनले यस किसिमका विभिन्न व्यवसायिक क्षेत्रलाई टेवा पु¥याउने किसिमका तालिम गर्दै आइरहेको र भविष्यमा पनि यस किसिमका कार्यलाई निरन्तरता दिदै जाने बताए ।

यसैगरी कर, भन्सार तथा भेइकल कन्साइनमेन्ट एन्ड ट्राकिङ सिस्टम (भिसिटिएस) सम्बन्धी विषयमा जानेर वा नजानेर कति व्यवसायीहरुले करमा देखिने समस्या, भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरुले भन्सारमा अपनाउनु पर्ने विषयवस्तु र भिसिटिएसले व्यवसायमा कसरी सहयोग पु¥याउने छ भन्ने प्रशिक्षण कार्यक्रमबाट सम्पूर्ण सदस्य प्रतिष्ठानहरु लाभान्वित हुने बताए ।

उक्त प्रशिक्षण कार्यक्रममा मोरङ अटोमोवाइल्स डिलर्स एशोसिएशनमा आवद्ध विभिन्न फर्म कम्पनीका तर्फबाट सहभागि ८० जना प्रशिक्षार्थीहरुलाई इटहरी राजस्व अनुसन्धान कार्यालयका प्रमुख तिर्थराज खनाल, आन्तरिक राजस्व कार्यालयका अधिकृत वनोद पोखरेल र अधिकृत रमेश ओझा त्यसैगरी भन्सार कार्यालय रानीका अधिकृत अरुण पौडेल र अधिकृत अमित तिवारी तथा चाटर्ड एकाउन्टेन्ट साहिल अग्रवालले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नाडाका उपाध्यक्ष तथा एशोसिएशनका निवर्तमान अध्यक्ष सुभाष आचार्य महासचिव सुरेन्द्र उप्रेती, एशोसिएशनका पूर्व अध्यक्ष तोया खनाल र संचारकमीहरुको उपस्थिति रहेको थियो ।

nactional life
Corporatebazar 11 Anniversary

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

वि.सं.२०८२ चैत ७ शनिवार १९:४९

काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स...

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

वि.सं.२०८२ चैत ६ शुक्रवार १६:०७

काठमाडौं – युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (अधिकृत वितरक, टोयोटा) ले...