back

नेता त्यागी होस्, आडम्बरी र पाखण्डी नहोस् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक नेता आडम्बरी र पाखण्डी हुन छोडेर त्यागी भएमात्रै देश विकास हुने बताएका छन् ।

आइतबार काठमाडौमा ‘युवासँग केपी ओली’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूलाई वर्तमान सरकारसँग कटाक्ष गर्न मन नलागेको भन्दै वर्तमान अवस्थाले आलोचना गर्नुपरिरहेको बताए ।

‘म कुनै सरकारलाई कटाक्ष गर्न किन चाहान्छु ? मेरो देशमा जुनसुकै सरकार बनेपनि स्वच्छ सरकार बनोस्, हरेक नेता त्यागी होस्, आडम्बरी पाखण्डी नहोस्’, उनले भने, ‘माछा खानु हुन्न भन्ने घर गएपछि किताबका पो खानुहुन्न खोला र पोखरीका खानुहुन्छ भन्ने नगरोस् ।’ त्यस्तै उनले सरकार कसैको मानपदवी बढाउन नभइ देशमा सुशासनका लागि होस् भनेर मन पोल्ने गरेको बताए ।

‘सेटिङमा बजेट बन्छ, करका दर व्यापारीले तोक्छन् अनि मन पोल्छ । जनता लुटिएकाले मन पोल्छ, सरकार कसैको मानपदवी बढाउन नभइ देशमा सुशासनका लागि होस् भनेर मन पोल्ने गरेको छ’, पुर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ ।

उनले आफु प्रधानमन्त्री हुँदा देशमा कहिल्यै पैसा छैन भनेको सुन्नुभएको छ भन्दै युवाहरुलाई प्रश्न गरे । ‘म प्रधानमन्त्री हुँदा पैसा छैन भनेको कहिल्यै सुन्नुभयो ? यता पनि पैसा छ, उता पनि पैसा छ । हुलाकी राजमार्ग बन्छ पैसा छ । धरहरा बन्छ पैसा छ । रानीपोखरी बन्छ पैसा छ, दरवार हाइस्कुल बन्छ पैसा छ । आर्मीको हेडक्वाटर बन्छ पैसा छ’, उनले ३९६ वटा अस्पताल आफूले एकै ठाउँबाट शिलान्यास गरेको र बजेट छुट्याए पनि अहिले पैसा नै नभएर केही काम नभएको बताए ।

‘अहिले सवै पैसा कटेको छ, केही विकास गर्न पैसा छैन । बाटो बनाउने, पुल बनाउने पैसा छैन । ठेकेदारलाई भुक्तानी दिने पैसा छैन । पैसा जान्छ कहाँ ?’पैसा कहाँ गयो र अलच्छिन कहाँबाट पस्यो भन्नेमा आफूलाई चिन्ता लागेको बताए । ‘पैसा कसरी हरायो ? अलच्छिन कहाँबाट पस्यो ?’, सरकारलाई आलोचना गर्ने रुची नभएको भन्दै ओलीले भने, ‘एमालेको भन्दा राम्रो काम गरोस, विकास होस् जनताले दुख नपाउन् भन्नेमात्र हो ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...