back
nactional

महिन्द्रा स्कर्पियो र वोलेरो अव ७० प्रतिशतसम्म फाइनान्स सुविधामा लिन सकिने

काठमाडौं । महिन्द्रा प्यासेन्जर कार तथा पिकअपको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले स्कर्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलो पटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ ।

यो योजना ग्राहकहरूलाई राहत दिन र महिन्द्रा भेहिकलले विगतका वर्षहरूमा देखाएको उद्यमशीलताको भावनालाई सहयोग गर्ने प्रयास स्वरुप ल्याइएको कम्पनीले बताएको छ ।

बजारको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै व्यवसाय गर्ने योजना बनाइरहेका उद्यमीहरूलाई सहयोग गर्न कम्पनीले यस्तो योजना ल्याएको हो ।

अग्नि इन्कर्पोरेटेडले यस योजनाका लागि अग्नि हायर पर्चेजसँग सम्झौता गरेको छ । यो स्किमले आफ्ना ग्राहकहरूलाई झण्झटरहित फाइनान्सिङ सेवा प्रदान गर्न र उनीहरूलाई गर्वका साथ महिन्द्रा सवारी साधनको मालिक बन्न सहज तुल्याउने विश्वास लिइएको छ ।

“हामी एकल प्रक्रिया (वान विन्डो अप्रोच)का साथ हाम्रा ग्राहकहरुका लागि समग्र प्रक्रियालाई सहज र सरल बनाउन चाहन्छौं, त्यसैले हामीले हाम्रो आन्तरिक समूह कम्पनीसँग मिलेर यसमा काम गरेका छौं,” कम्पनीले भनेको छ, सहज कागजात र प्रक्रियाहरू पूरा गरेर ग्राहकले आवेदन दिएको ७ कार्य दिनभित्र कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

यो स्किम अन्तर्गत ग्राहकले कम्पनीको नाममा खरिद गर्न चाहँदा ७० प्रतिशतसम्म र व्यक्तिगत खरिदकर्ताका लागि ५० प्रतिशतसम्म फाइनान्स सेवा पाउनेछन् ।

फाइनान्सिङको अधिकतम अवधि ५ वर्षसम्मको हुने र यसका लागि ग्राहकले ३० प्रतिशत रकम डाउन पेमेन्ट गर्नुपर्नेछ । यो योजना नेपालभर लागू हुने कम्पनीको भनाई छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा नयाँ ‘नामी भिगो ई २’ सार्वजनिक: ५ लाख सस्तियो मूल्य, नाडा अटो शोमा ३५.९९ लाखमै पाइने

नेपालमा नयाँ ‘नामी भिगो ई २’ सार्वजनिक: ५ लाख सस्तियो मूल्य, नाडा अटो शोमा ३५.९९ लाखमै पाइने

वि.सं.२०८३ भदौ ३ बुधवार २१:४४

काठमाडौँ । नेपालको विद्युतीय सवारी साधन (ईभी) बजारमा तीव्र प्रतिस्पर्धा...

नेपालमा बहुप्रतीक्षित ‘Sierra.ev’ भित्रियो, नाडा अटो शोमा आधिकारिक रूपमा सार्वजनिक गरिँदै

नेपालमा बहुप्रतीक्षित ‘Sierra.ev’ भित्रियो, नाडा अटो शोमा आधिकारिक रूपमा सार्वजनिक गरिँदै

वि.सं.२०८३ भदौ ३ बुधवार २१:४२

काठमाडौँ । भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

राठी ट्रेडिङले मनोहरामा सुरु गर्‍यो अत्याधुनिक ईभी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क

राठी ट्रेडिङले मनोहरामा सुरु गर्‍यो अत्याधुनिक ईभी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५७

काठमाडौं । चीनको शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका विद्युतीय सवारी...

एउटै मूल्यका चेतक २५०१ र टीभीएस अर्बिटर: कुन स्कुटरमा के छ खास?

एउटै मूल्यका चेतक २५०१ र टीभीएस अर्बिटर: कुन स्कुटरमा के छ खास?

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३५

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक स्कुटर माग र प्रतिस्पर्धा बढ्दो...

पाँचौँ पुस्ताको हुन्डाई टक्सन नयाँ डिजाइन र अत्याधुनिक फिचरसहित सार्वजनिक

पाँचौँ पुस्ताको हुन्डाई टक्सन नयाँ डिजाइन र अत्याधुनिक फिचरसहित सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३१

काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले आफ्नो लोकप्रिय एसयूभी...

नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म, २ लाख आगन्तुक आउने अपेक्षा

नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म, २ लाख आगन्तुक आउने अपेक्षा

वि.सं.२०८३ भदौ ३ बुधवार १५:५२

काठमाडौं । नेपालको चर्चित अटोमोबाइल प्रदर्शनी ‘एचपी लुब्रिकेन्ट्स प्रेजेन्ट्स नाडा...