back

डलर कार्डमाफर्त १५ महिनामा बाहिरियो ८८ करोड रुपैयाँ

काठमाडौं । डलर कार्डमाफर्त १५ महिनामा ८८ करोड रुपैयाँ बाहिरिएको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असारसम्म ३८ हजार ६६ वटा डलर कार्ड जारी भएका छन् ।

वाणिज्य बैंक र विकास बैंकले उक्त कार्ड जारी गर्न पाउने व्यवस्था छ । तर हालसम्म २३ वटा वाणिज्य बैंकले मात्र कार्ड जारी गरेका छन् ।

ती कार्डमा ९३ लाख ८५ हजार अमेरिकी डलर (करिब १ अर्ब १९ करोड १९ लाख रुपैयाँ) भरिएको (लोड गरिएको) छ । भरिएको मध्ये ६१ लाख ३३ हजार अमेरिकी डलर (करिब ७७ करोड ८८ लाख ९१ हजार रुपैयाँ) खर्च भएको राष्ट्र बैंकले जनाएको छ । ०७८ असारसम्म ८ हजार ४ सय ९३ वटा कार्ड जारी भएका थिए । ती कार्डमा १६ लाख ६८ हजार अमेरिकी डलर लोड भएकामा ४ लाख ८९ हजार डलर खर्च भएको थियो ।

०७७ चैतदेखि डलर कार्डबाट भुक्तानी गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । यसकारण ०७८ असारसम्म थोरै कार्ड जारी भएको र रकम पनि कम खर्च भएको देखिएको थियो ।

तर गत असारसम्म आइपुग्दा डलर कार्डबाट मात्र करिब ८८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा बाहिरिएको छ । आन्तरिक प्रयोजनका लागि राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले ‘अमेरिकी डलरमा भुक्तानी गर्न मिल्ने प्रिपेड कार्डबाट भएको कारोबार सम्बन्धमा’ विस्तृत अध्ययन गरेको छ ।

सर्वसाधारणका लागि सार्वजनिक नगरिएको उक्त अध्ययनमा गत चैतसम्मको तथ्यांक समावेश गरिएको छ । प्रतिवेदनले डलर कार्ड प्रयोगकर्तामध्ये २० देखि ३० वर्ष उमेर समूहका र त्यसपछि ३० देखि ४० वर्ष उमेरका नागरिक धेरै रहेको पनि औंल्याएको छ ।

कार्डको उपयोग संस्थागतभन्दा पनि व्यक्तिगत धेरै रहेको पनि अध्ययनले औंल्याएको छ ।०७७ चैतदेखि नेपालबाटै अनलाइनमार्फत अमेरिकी डलरमा प्रिपेड कार्डमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको थियो ।

nactional life
Corporatebazar 11 Anniversary

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:५६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना...

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:०७

काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

वि.सं.२०८२ चैत १७ मंगलवार १८:२३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई...