back

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने, जुम्ला नै किन रोजे ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् ।

‘आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने औपचारिक जानकारी गराउँदैछु,’ शाहीले भने । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु पनि सहभागी हुने उनले बताएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए । अहिले पनि माओवादीबाट महत र कर्णाली प्रदेशका गृहमन्त्री भइसकेका नरेश भण्डारीको चर्चा रहेको छ ।

जुम्ला नै किन रोजे ?

आफूलाई समर्थकहरूबाट काठमाडौं २ र वा चितवन ३ बाट चुनाव लड्न सुझाव आएको तर आफूले जन्मभूमि जुम्लालाई रोजेको शाही बताउँछन् । उनी जुम्लाको सिंजा गाउँपालिका वडानम्बर ३ निवासी हुन् । शाहीकै अनुसार पनि जुम्लामा राप्रपा निकै कमजोर छ । गत स्थानीय तहको मतपरिणाम अनुसार राप्रपाले करिब ४५० मतमात्रै ल्याएको उनी बताउँछन् । शाहीको वडामा राप्रपाले १६ मत ल्याएको छ ।

पत्रकारले यस्तो कमजोर स्थानमा पनि किन चुनाव लड्न लागेको भन्ने प्रश्नमा शाही भन्छन्, ‘जुम्ला मेरो जनमभूमि हो । त्यसको ऋण तिर्नु छ । जुम्लाका सुख-दु: खसँग जीवन साट्नुछ । जुम्ली जनताले हराए पनि जिताए पनि स्वीकार्य छ । ‘

भ्रष्टाचार र बेथितीविरुद्ध आवाज उठाउँदाउठाउँदै चर्चामा आएका शाहीले आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँथे ।

उनले ‘नेपालका लागि नेपाली’ अभियानबाट गतिविधि गर्दै आएका थिए । बेलाबेला झमेलामा समेत पर्ने गरेका उनलाई अभियाने २०७६ मंसिर ११ मा निष्कासित गरेको थियो ।

२०७८ फागुन ६ गते उनी राप्रपामा प्रवेश गरेका थिए । हाल उनी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य छन् । राप्रपाका पाँच जना प्रवक्ता मध्येका एकजना शाही पनि हुन् ।

nactional life
Corporatebazar 11 Anniversary

लिपुलेक-मानसरोवर यात्रामा नेपालको कडा आपत्ति: बालेन सरकारद्वारा भारत र चीन दुवैलाई कूटनीतिक नोट

लिपुलेक-मानसरोवर यात्रामा नेपालको कडा आपत्ति: बालेन सरकारद्वारा भारत र चीन दुवैलाई कूटनीतिक नोट

वि.सं.२०८३ वैशाख २० आइतवार २३:००

काठमाडौं । सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने नेपाली भू-भाग कालापानी, लिपुलेक...

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने...

बागमती किनार अतिक्रमण हटाउने अभियान : १,८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

बागमती किनार अतिक्रमण हटाउने अभियान : १,८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५०

काठमाडौं । सरकारले बागमती नदी र यसका सहायक नदी किनारका...

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

वि.सं.२०८३ वैशाख २० आइतवार ११:१८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएका ६ मध्ये...

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त...

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१४

सुर्खेत । प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा...