back

जन्तेढुंगाका वडाहरुमा एमालेको तालाबन्दी,यस्तो छ कारण ?

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाइएको बिरोधमा नेकपा एमालेले थप तीन वडा तथा वडास्थित सरकारी कार्यालयमा ताला लगाएका छन् ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिले करारका कर्मचारी हटाएको बिरोधमा मंगलबार जन्तेढुंगा गाउँपालिका–१ देविस्थान, जन्तेढुंगा गाउँपालिका–२ बोपुङ, जन्तेढुंगा गाउँपालिका–५ चिसापानी र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ वडा कार्यालय तथा वडास्थित सरकारी कार्यालयमा ताला लगाएको एमाले जन्तेढुंगा गाउँपालिका कमिटि अध्यक्ष याम राईले जानकारी दिए ।

६ वडामध्ये एमाले वडा कमिटिले सोमबार जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय वडा कार्यालय, कृषि तथा पशु शाखा, सामुदायीक स्वास्थ्य इकाई बाम्राङ, सामुदायीक स्वास्थ्य इकाई कात्तिके, जलेश्वरी माबि र महेन्द्रज्योती आधारभुत विद्यालयमा ताला लगाएको थियो । गाउँपालिकाले करारका ८१ जना कर्मचारीलाई हटाउने निर्णय गरेपछि एमाले वडा कमिटि तालाबन्दीमा उत्रिएको हो ।

गाउँपालिकाको बजेटबाट तलव पाउने गरी नियुक्त भएका करारका कर्मचारीको १ साउनदेखि करार म्याद थप नगर्ने निर्णय विरुद्ध एमाले वडा कमिटिले सम्वन्धित वडा कार्यालय, कृषि तथा पशु शाखा, सामुदायीक स्वास्थ्य इकाई लगायतका कार्यालयमा तालाबन्दी सुरु गरेको हो ।

३१ असारमा बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको बजेटबाट तलव भुक्तानी हुनेगरी सम्झौता भएका गाउँपालिकामा कार्यरत सबै तहका करारका कर्मचारी, सामुदायीक स्वास्थ्य इकाईमा कार्यरत करारका स्वास्थ्यकर्मी, कार्यालय सहयोगी, कृषि तथा पशु शाखामा कार्यरत करारका कर्मचारी, वडा कार्यालयमा कार्यरत करार सेवाका कर्मचारी, गाउँपालिकाको पुर्ण अनुदानबाट विद्यालयमा कार्यरत शिक्षक तथा वालविकास केन्द्रका सहजकर्ताको करार म्याद थप नगर्ने निर्णय गरेको थियो ।

अनावश्यक रुपमा नियुक्त गरिएका करारका कर्मचारी हटाएर आवश्यकताका आधारमा पुन: करारको कर्मचारी नियुक्त गरिने जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेम खड्काले बताए ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि १ असारदेखि लागु हुनेगरी करारका २८ कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको छ । करारका कर्मचारी हटाउने नगरको सो निर्णय बिरुद्ध नेपाल निजामती कर्मचारी संगठन खोटाङले बिरोध जनाएको छ ।

 


जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगरपालिका

जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २३ आइतवार ०९:४३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख...

काठमाडौं महानगरपालिकाका सबै  कार्यालय अब बिहान ९ बजे देखिनै खुल्ने

काठमाडौं महानगरपालिकाका सबै कार्यालय अब बिहान ९ बजे देखिनै खुल्ने

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २१:२५

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन...

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा बैशाखदेखि मोटरबोट चढ्न पाइने, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा बैशाखदेखि मोटरबोट चढ्न पाइने, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

वि.सं.२०८० चैत २८ बुधवार १२:३७

आँबुखैरेनी । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित...

प्रभु बैंकको सहकार्यमा “नगरकी छोरी” कार्यक्रम शुभारम्भ

प्रभु बैंकको सहकार्यमा “नगरकी छोरी” कार्यक्रम शुभारम्भ

वि.सं.२०८० चैत १९ सोमवार ०९:४१

काठमाडौं । छोरीहरुले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको...

मेयर हर्क साम्पाङलाई अर्थमन्त्रीले भने- तपाईंको अभियानमा म पनि सँगै हुनेछु

मेयर हर्क साम्पाङलाई अर्थमन्त्रीले भने- तपाईंको अभियानमा म पनि सँगै हुनेछु

वि.सं.२०८० चैत १८ आइतवार १४:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था...

चैत २५ देखी काठमाडौं महानगरले गरिब घरपरिवारको तथ्यांक संकलन गर्ने

चैत २५ देखी काठमाडौं महानगरले गरिब घरपरिवारको तथ्यांक संकलन गर्ने

वि.सं.२०८० चैत ११ आइतवार १९:५८

काठमाडौं । काठमाडौं महानगरपालिकाले यही चैत २५ गतेदेखि ‘गरिब घरपरिबार...