back

नेपाल चीन लगानी सम्मेलनमा सहयोग गर्न चीनका लागि नेपाली राजदूत श्रेष्ठसँग महासंघको आग्रह

आर्थिक व्यावसायिक सम्बन्ध गास्ने रणनीति सहित नेपाली निर्यात चीनमा बढाउने आफ्नो योजना

nactional life

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले वेइजिङस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गरेका छन् । कार्यवाहक अध्यक्ष ढकाल र जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ बीच आज महासंघ सचिवालयमा भएको औपचारिक भेटवार्तामा सो आग्रह गरेका हुन ।

महासंघले सम्मेलनलाई प्रमुख प्राथमिकतामा राखी आयोजना गर्न चाहेकाले त्यहां रहेर आवश्यक सहयोग गरिदिने कार्यमा राजदूतबाट नेतृत्वदायी भूमिकाको हामीले अपेक्षा गरेका छौं, कार्यवाहक अध्यक्ष ढकालले भने । नेपालमा चिनियां लगानी प्रवद्र्घन गर्न आवश्यक रहेकोमा पनि उनको जोड थियो । कोभिड पछि आएको विश्वव्यापी मन्दीको परिवेशमा नेपालको बैंकिङ प्रणालीमा टेवा पुर्याउन पनि चिनिया लगानी ल्याउने कार्यमा हाम्रो कुटनीति सक्रिय रुपमा लाग्नुु पर्ने उनको सुझाव थियो । कार्यवाहक अध्यक्ष ढकालले नेपाली वस्तुहरुको चीनमा निर्यात प्रवद्र्धन गर्ने कार्यमा र नेपालमा चिनीया पर्यटन बढाउन राजदूतावासको सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको बताए ।

कार्यवाहक अध्यक्षले महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघ र अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनिया परिषद बीच प्रगाढ सम्बन्धलाई थप उपलब्धिमूलक बनाउनुपर्नेमा पनि जोड दिनुु भयो र त्यसमा सहयोग गर्न राजदूत समक्ष आग्रह गरे । महासंघ सहसभापति रहेको दुवै देशका सरकारको सहयोगमा सन १९९६ मा स्थापित नेपाल चीन गैरसरकारी सहयोग मंच मार्फतबाट समेत दुई देश बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी, प्रविधि, शीप आकर्षणमा सहकार्य गर्न महासंघ तयार रहेको र त्यसमा हाम्रो कुटनीतिक तवरबाट पनि सहयोग हुनुुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा राजदूत श्रेष्ठले महासंघसंगको भेटघाट उपलव्धीमुलक भएको बताए । उनले भेटवार्ताका क्रममा महासंघबाट आएका सुुझावलाई आफूले प्राथमिकताका साथ अगाडि लैजाने विश्वास दिलाए । उनले कृषि क्षेत्रको विकासको लागि सहकार्य गर्न चिनियां प्रविधि तथा लगानी भित्राउनुका साथै अनुसन्धानमा सहकार्य गर्ने आफ्नो प्राथमिकताको एक पक्ष रहेको पनि सुनाए । साथै उनंले नेपाली वस्तुको माग रहेका चीनका लक्षित प्रान्त एवं बजारसंग आर्थिक व्यावसायिक सम्बन्ध गास्ने रणनीति सहित नेपाली निर्यात चीनमा बढाउने आफ्नो योजना रहेको उनले बताए ।

सो भेटवार्तामा महासंघका पूर्व अध्यक्ष एवं नेपाल चीन गैह्र सरकारी सहयोग मंचका सहसभापति बिनोद बहादुर श्रेष्ठ, महासंघका पूर्व अध्यक्ष सुरज बैद्य, महासंघका महानिर्देशक गोकर्ण राज अवस्थी र उपनिर्देशक अरुण श्रेष्ठको उपस्थिति थियो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...