back

अर्थतन्त्रको आकार फराकिलो बन्दै छ भने परिसूचकहरुमा उचार चढाव आइरहेको छः अर्थमन्त्री

nactional life

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले ६४ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यालयको नयाँ भवनमा आयोजित बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परिक्षकले गर्ने लेखा परिक्षणले मुलुकको सार्वजनिक प्रशाशनको बित्तीय अनुशाशन र सदाचारको बारेमा प्रष्ट पार्ने गरेको बताईन् । उनले आधुनिक प्रविधिमार्फत लेखा परिक्षण हुन थालेकोमा खुसी व्यक्त गरिन् । महालेखा परिक्षकको प्रतितवेदनले हरेक बर्ष बेरुजु बढ्दै गएको तथ्ये औंल्याउने भएकाले सुधारको खाँचो रहेको उनले बताईन् ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बेरुजु फर्स्यौटलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी गराएका थिए । ‘यस बर्षको नीति तथा कार्यक्रममा समेत बेरुजु फर्स्यौटलाई प्राथमिकतामा राखिएको छ’ अर्थमन्त्री शर्माले भने, ‘सार्वजनिक आर्थिक कारोबार संचालनमा पारदर्शीता र स्वच्छता कायम गर्न सरकार प्रतिबद्ध रहेको छ ।’

उनले लेखा परिक्षकहरुबाट प्राप्त सुझावहरु कार्यान्वयन गर्न तथा बेरुजु फर्स्यौट गर्न सरकारले निरन्तर प्रयत्न गरिरहेको बताए । बेरुजु फर्स्यौटका लागि अहिलेसम्म अपनाएका विधि र प्रकृयाका बारेमा समिक्षा गर्नुपर्ने आवश्यकता देखेको पनि उनले बताए ।

‘बेरुजु किन बढदै गएको छ, कहाँनेर हाम्रो कमी कमजोरी भयो भन्ने कुराको अध्ययन, अनुसन्धान गरेर निराकरण गर्नुपर्ने आवश्यकता छ’ उनले भने । संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहको लेखा परिक्षण गर्नुपर्ने जिम्मेवारी पुरा गरी बित्तीय व्यवस्थापन चुस्त, दुरुस्त बनाउन पहिले झै यस बर्षपनि महालेखा परिक्षकबाट सुझाव प्राप्त हुने अर्थमन्त्री शर्माले विश्वास व्यक्त गरे ।

संविधान र प्रचलित कानूनअनुसार सुशाशन कायम गर्न उल्लेखनीय कार्य गरेको भन्दै उनले महालेखा परिक्षक र मातहतका कर्मचारीको प्रशंसा गरेका थिए । ‘सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजस्वतर्फ भएका चुहावट, हिनामिना, न्यूनबिजकीकरण, अनौपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक असर, सार्वजनिक तथा संगठित संस्था संचालनका बिषयहरुमा भने थप ध्यान दिनुपर्ने देखेको छु’ उनले भने ।

अर्थमन्त्री शर्माले बर्तमान अर्थतन्त्रका बारेमा महालेखा परिक्षकको कार्यलयबाट अध्ययन र विश्लेषण भई सुझाव पाउने अपेक्षा राखेको पनि बताए । ‘एकातिर अर्थतन्त्रको आकार दिन प्रतिदिन फराकिलो बन्दै गएको छ भने अर्कोतर्फ आर्थिक परिसूचकहरुमा उचार चढाव आइरहेको छ । यसो हुँदा अर्थतन्त्रका समग्र पक्षमा गहन अध्ययन, विश्लेषण र मूल्यांकन गर्नुपर्ने आवश्यकता देखेको छु’ उनले, ‘यसमा महालेखा परिक्षकको कार्यालयका तर्फबाट शशक्त अध्ययन, विश्लेषण भई सुधारका लागि सुझाव पेश हुने अपेक्षा गरेको छु ।’ महालेखा परिक्षकको कार्यालयलाई एक विश्वसनिय सस्थाका रुपमा कार्य गर्न लेखा परिक्षकले आफ्नो निष्ठा, स्वतन्त्रता, व्यवसायिकता, राजनीतिक तटस्थता, सक्षमता जस्ता मूल्य मान्यताहरु अनुशरणा गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाई थियो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...