back
himalayan life

रिलायन्स लाइफ इन्स्योरन्सको ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक,यस्ता छन् विशेषताहरु

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बीमालेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक गरेको छ ।

सोमबार आयोजित एक समारोहबीच सार्वजनिक गरिएको यो बीमा योजना आजकै दिनदेखि कार्यान्वयनमा आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले जानकारी दिए ।

यो बीमा योजना अन्तर्गत बीमितले आफ्नो आवश्यकता अनुसार बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् ।

साथै सिमित समयको लागि बीमाशुल्क भुक्तानी गरि बीमालेख अवधिभर रक्षावरण पाउन सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो बीमा योजनामा १६ वर्ष अवधिको बीमालेखमा आधारभूत बीमाशुल्कको २ गुणा र २० वर्षको बीमालेखमा आधारभुत बीमाशुल्कको २.५ गुणा प्रतिफल ग्यारेण्टीका साथ पाइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो बीमा योजनाको विशेषताहरुः
– यस योजनाको १६ वर्षको बीमालेखमा आधारभूत बीमाशुल्कको २ गुणा र २० वर्षको बीमालेखमा आधारभूत बीमाशुल्कको २.५ गुणा प्रतिफल ग्यारेन्टीका साथ पाइन्छ ।
– अन्य बीमा गराउँदा बीमाङ्क रकम अनुसार बीमाशुल्क तय हुन्छ भने यो बीमा योजनामा बीमितले आफ्नो इच्छा अनुरुप तय गरिएको बीमाशुल्कको आधारमा बीमाङ्क रकम कायम गर्न सकिन्छ ।
– बीमा अवधि भन्दा कम समय बीमाशुल्क भुक्तानी गरि ढुक्क हुन सकिन्छ ।
– बोनस कुन वर्ष कति भन्ने झन्झट लिनै पर्दैन ।
मृत्यु भएमाः
– यदि बीमा अवधि बाँकी रहदै बीमितको मृत्यु भएमा बीमितले इच्छाइएको व्यक्तिलाई जम्मा भुक्तानी गरेको आधारभूत बीमाशुल्कको न्युनतम २ गुणा देखी अधिकतम २.५ गुणा सम्म रकम भुक्तान गरिनेछ ।
– यो बीमा योजाना, १६ वर्ष देखि ४४ वर्ष उमेर सम्मको व्यक्तिले लिन सकिने छ ।
– यो बीमा समाप्ति उमेर ६० बर्ष हुनेछ ।
– यो बीमा योजनामा बीमा अवधि १६ वर्ष र २० वर्ष हुनेछ । १६ वर्ष बीमा अवधिमा जम्मा ५ वर्ष सम्म मात्र बीमा शुल्क तिरे पुग्ने र २० वर्ष अवधिमा जम्मा ७ वर्ष मात्र बीमाशुल्क तिरे पुग्ने छ ।
– यो बीमा योजना अन्तर्गत बीमाशुल्क भुक्तानी वार्षिक हुनेछ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

वि.सं.२०८३ असार ३ बुधवार १३:५५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ दशमलव ५ प्रतिशत...