back

म्याद अगावै ठेक्का सम्पन्न हुँदै

२५ वैशाख, काठमाडौँ–मकवानपुरको हात्तीसुँढे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको विवेक विनिता निर्माण सेवाले सम्झौताको म्याद अगावै ठेक्का पाएका अन्य निर्माणका दुई काम पनि सम्झौता अगावै सम्पन्न गरेको छ ।

हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीमा २९८ मिटर स्लाब ढलान र वाग्मती गाउँपालिका–५ बगेरीमा ८०३ घनमिटर जाली भर्ने काम म्याद अगावै सम्पन्न गरिएको विवेक विनिता निर्माण सेवाका प्रबन्धक विवेक बोलखेले जानकारी दिए।

वाग्मती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको करीब रु ४५ लाखमा ठेक्का पाएको हेटौँडा–१२ स्थित विष्णुचोक–खोराङ स्लाब ढलानको सम्झौता म्याद २०७८ साल असार २२ गतेसम्म छ ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको रु २० लाख बजेटमा सम्पन्न गर्नुपर्ने वाग्मती–५ स्थित बगेरी बस्ती बचाउ कार्यक्रमको म्याद २०७८ साल असार ३० गतेसम्म तोकिएको छ । दुवै ठेक्काअन्तर्गत निर्माण कार्य सम्पन्न भइसकेको र अब हस्तान्तरणको काम मात्र बाँकी रहेको निर्माण कम्पनीका सञ्चालक राजनप्रसाद बोलखेले बताए ।

चालु आर्थिक वर्ष २०७७÷७८ मा उक्त कम्पनीले बकैयामा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिरहेको छ । त्यसैगरी मकवानपुरगढी गाउँपालिका–५ को सामुदायिक भवन पनि तीव्र गतिमा निर्माण भइरहेको प्रबन्धक बोलखेले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...