back

यूरोपियन केन्द्रीय बैंकले धनात्मक ब्याजदर नीति अवलम्बन गर्दै: थाहापाउनुहोस् कसरि गर्दै छ

काठमाडौं । यूरोपियन केन्द्रीय बैंकले धनात्मक नीति अवलम्बन गर्ने भएको छ । सन् २०१४ बाट सन् २०२२ सम्म ऋणात्मक नीति अपनाउँदै आएको युरोपियन केन्द्रीय बैंकले आगामी समयमा धनात्मक नीति अवलम्बन गर्न लागेको हो ।

यसअघि निपेक्षकर्ताहरुले युरोपियन बैंकमा निपेक्ष गर्दा बैंकलाई ०.५ प्रतिशत बुझाउनुपथ्र्यो भने बैंकले धनात्मक नीति अवलम्बन गरे लगत्तै निक्षेपकर्ताहरुले ब्याज रकम पाउने भएका हुन् ।

सन् २०१४ को जुन महिनामा यूरोपमा ऋण संकट पैदा भएको थियो । यसै क्रममा व्यवसायिक लगानी तथा आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न, रोजगारी दर बढाउन र दक्षिण यूरोपमा कमजोर भएका अर्थतन्त्रहरुलाई सहायता गर्दै यूरोपियन केन्द्रीय बैंकका अध्यक्ष मारियो ड्रागिले औसत ब्याजदर शून्य भन्दा पनि कम गर्ने नीति अघि सार्नुभएको थियो । उहाँको यो निर्णयले बैंकहरुको त्रैमासिक आर्थिक वृद्धि खुम्चिनुका साथै बैंकहरुको सेयर पनि क्रमिक रुपमा घट्दै गएको थियो । निक्षेपकर्ताहरु बचतलाई लिएर नकरात्मक भएका थिए ।

यूरोपियन केन्द्रीय बैंकले आर्थिक वृद्धि तथा कुल ग्रास्थ उत्पादन (जिडिपी) मा वृद्धि ल्याउन ऋणात्मक नीति अघि सारेता पनि यूरोपका १९ देशहरुको जिडिपीमा २ प्रतिशत मात्रै वृद्धि आएको थियो ।

यसैगरी विश्वव्यापी रुपमा कोभिड–१९ संक्रमण फैलिँदै गएपछि युरोपको आर्थिक वृद्धि दरमा गिरावट आएको थियो ।

कोभिड–१९ संक्रमणको समयमा उत्पन्न भएको माग र आपूर्ति बीचको असन्तुलन, आपूर्ति श्रृङ्खला अवरोध र रुसले युक्रेनमा आक्रमण गरेपछि इन्धन तथा खाद्यान्नको मूल्यवृद्धि हुँदा मुद्रास्फीति दर ८.५ प्रतिशत पुगेको छ ।

आकाशिएको मूल्यवृद्धि नियन्त्रणका लागि यूरोपियन केन्द्रीय बैंकले औसत ब्याजदर बढाउने भएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १०:१५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

वि.सं.२०८२ चैत २६ बिहीवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै...

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

वि.सं.२०८२ चैत २५ बुधवार १०:३६

काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम...

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

वि.सं.२०८२ चैत १७ मंगलवार १८:२३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई...