back
himalayan life

सबैले थाहा पाउनु पर्छ शेयर गरेर सबैमाझ पुर्याउ! तपाईंको नाममा अर्कैले भोट हाले के हुन्छ ?

काठमाडौं । शुक्रबार बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान गर्न पाइने भएकाले मतदाताले आफ्नो अनुकूलतामा मतदान गर्छन् ।

अहिले मतदाता परिचयपत्र, नागरिकता वा परिचय खुल्ने अन्य प्रमाणका आधारमा मतदान गर्ने सुविधा निर्वाचन आयोगले दिएको छ । कतिपय ठाउँमा झुक्याएर वा अन्य उपायले अर्कैको नाममा मतदान गर्ने प्रवृति पनि हुन्छ ।

कुनै मतदाता मतदान केन्द्रमा गयो, तर ऊ जानुअघि नै अर्कैले उसको नाममा मतदान गरेको भए के हुन्छ होला ? यो परिस्थितिको अनुमान गरेर निर्वाचन आयोगले हरेक पटक निर्देशिका बनाउँदा वैकल्पिक व्यवस्था गरेको हुन्छ ।

शुरुमा फर्जी मतदाताले खसाल्ने मत मतपेटिका पुगिसक्ने तर उसले खसालेको मत कुन हो भनेर छुट्याउन सक्ने अवस्था हुँदैन । त्यसैले शुरुमा फर्जी मतदाताले खसालेको मत रद्द गर्न सम्भव हुँदैन र गरिंदैन पनि । तर पछि मतदान केन्द्रमा पुगेको वास्तविक मतदाताले मतदान गर्ने अवसर पाउँछ ।

स्थानीय तह निर्वाचन निर्देशिकाको दफा १५१ मा यसको व्यवस्था छ । आफ्नो नाममा अर्कैले मत खसालेमा वास्तविक मतदाताले मतदान गर्न पाउँछन् । तर उसले व्यक्त गरेको मतलाई ‘निविदा मतपत्र’ भनिन्छ र मतपेटिकामा नखसाई छुट्टै खाममा राखिन्छ ।

कुनै मतदाता मतदान केन्द्रमा जाँदा उसको नाममा अर्कैले मत खसालेको पुष्टि भएमा उसले मतदान अधिकृतलाई वास्तविक मतदाता आफू रहेको भनी दावी गर्न पाउँछ ।

‘मतदान अधिकृतले निज वास्तविक मतदाता हो होइन भन्ने कुरा बुझ्नु पर्नेछ,’ निर्देशिकामा भनिएको छ, ‘दाबीकर्ता वास्तविक मतदाता हो भन्ने कुरामा मतदान अधिकृत विश्वस्त भएमा मतदान अधिकृतले सो कुरा जनाई अभिलेख राखी निर्णय गरी त्यस्तो व्यक्तिलाई निविदा मतपत्र दिनु पर्नेछ ।’

मतदान अधिकृतले निविदा मतपत्रको छुट्टै लगत राख्नुपर्छ र मतपत्रमा पनि ‘निविदा मतपत्र’ लेख्नुपर्छ ।

त्यो मतपत्र मतपेटिका भित्र नखसाली छुट्टै खाममा राखी निर्वाचन अधिकृतलाई बुझाउनुपर्ने निर्देशिकामा व्यवस्था छ ।

त्यस्तो मतपत्र मतगणना गर्दा गणना गरिंदैन ।

तर निर्वाचन सम्बन्धी उजुरी परेमा र निर्णय गर्नको आवश्यक पर्ने भनी अदालतले ठहर गरेमा निविदा मतपत्रहरू समेत गणना गर्ने र त्यसका आधारमा मतगणनाको नतिजा सार्वजनिक गर्नुपर्ने हुन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...