back

सिभिल क्यापिटल मार्केटको धमाकाः सार्वजनिक विदामा कार्यालय खुल्ने,थाहापानुहोस् कति बजे देखि कति बजे सम्म खुल्छ ?

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले सम्पुर्ण ग्राहकहरुको सेवा सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी अर्को सूचना नगरेसम्मका लागि २०७९ असार मसान्तसम्म नयाँ डिम्याट खाता रजिष्ट्शन, पहिलो वर्षको नविकण शुल्कमा लाग्ने १५० रुपैयाँ निःशुल्क गरिएको र मेरो शेयर खाता खोल्दा लाग्ने शुल्क ५० रुपैयाँ भने कम्पनीले लिने छ ।

पीएमएस कर्पोरेट सल्लाहकारसेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताउनुभयो ।

पीएमएस कर्पोरेट सल्लाहकार सेवामा मिति २०७९ आषाढ मसान्तसम्म नयाँ कारोवार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ ।

विगत १३ बर्षदेखी सेवारत यस संस्थाले प्राथमिक शेयर निष्कासन, निक्षेप सदस्य, लगानी व्यवस्थापको कार्य, शेयर प्रत्याभुति र संस्थागत परामर्श सेवा लगायत पुजीँबजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

शुरुदेखि हालसम्म आईपीओ ३० वटा, आरटिएस ३५ वटा, राइट शेयर ३२ वटा, शेयर लिलामी २० वटा विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरीसकेको छ ।

निकट भविष्यमा नै सामुहिक लागानी कोष शुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताए । यस संस्थाले दिईरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया , लगानी व्यवस्थापको कार्यको सुझाव, आइपिओ परामर्श लगायतका सेवाहरु सिभिल बैंक लि।को सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने पनि निज ढुङ्गेलले बताउनु भयो । यो योजना यहि २०७९ साल बैशाख ११ गते आइतवारबाट लागु भइरहेकोेछ ।

संस्थाले सन्ध्याकालिन सेवाको समेत विगत मिति २०७६ मंसिर २४ गतेदेखि संचालन गरिरहेको छ ।

आगामाी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली दु्रत गतिमा आधुनिकिकरण गर्दै ग्राहकवर्गहरुलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्नका साथै निकट भविष्यमा नै डिपी खाता अनलाइन सेवा मार्फत खोल्न सकिने सुविधा दिन पनि संस्था लागिपरीरहेको प्रमुख कार्यकारी अधिकृतले बताउनुभयो ।

ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गर्दै आगामी मिति २०७९ जेष्ठ १ गते आइतवारबाट सार्वजनिक विदाका दिनहरुमा शनिबार बाहेक बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म संस्थाको सम्पुर्ण सेवाहरु सुचारु हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताउनुभयो ।


केबलकारले पहिचानको प्रवद्र्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ : चन्द्र ढकाल

केबलकारले पहिचानको प्रवद्र्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ : चन्द्र ढकाल

वि.सं.२०८१ माघ २७ आइतवार १३:१५

काठमाडौं । कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध...

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

वि.सं.२०८१ माघ २७ आइतवार १३:०८

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने...

चीन-भारत जोड्ने कालीगण्डकी करिडोरमा २४ वटा मोटरेबल पुल

चीन-भारत जोड्ने कालीगण्डकी करिडोरमा २४ वटा मोटरेबल पुल

वि.सं.२०८१ माघ २७ आइतवार १२:५८

काठमाडौं । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको...

आजको विदेशी मुद्राको विनिमय दर के कति छ ?

आजको विदेशी मुद्राको विनिमय दर के कति छ ?

वि.सं.२०८१ माघ २७ आइतवार १०:२४

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय...

आजको तरकारी तथा फलफूलको मूल्य

आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८१ माघ २७ आइतवार १०:२०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको...

मेरो एकल प्रयासले सडक निर्माणमा बजेट विनियोजन भएको हो : सांसद आले

मेरो एकल प्रयासले सडक निर्माणमा बजेट विनियोजन भएको हो : सांसद आले

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:३१

काठमाडौं । डोटीबाट निर्वाचित सांसद एवम् पूर्वमन्त्री प्रेमबहादुर आलेले आफ्नो...