back
himalayan life

सिभिल क्यापिटल मार्केटको धमाकाः सार्वजनिक विदामा कार्यालय खुल्ने,थाहापानुहोस् कति बजे देखि कति बजे सम्म खुल्छ ?

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले सम्पुर्ण ग्राहकहरुको सेवा सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी अर्को सूचना नगरेसम्मका लागि २०७९ असार मसान्तसम्म नयाँ डिम्याट खाता रजिष्ट्शन, पहिलो वर्षको नविकण शुल्कमा लाग्ने १५० रुपैयाँ निःशुल्क गरिएको र मेरो शेयर खाता खोल्दा लाग्ने शुल्क ५० रुपैयाँ भने कम्पनीले लिने छ ।

पीएमएस कर्पोरेट सल्लाहकारसेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताउनुभयो ।

पीएमएस कर्पोरेट सल्लाहकार सेवामा मिति २०७९ आषाढ मसान्तसम्म नयाँ कारोवार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ ।

विगत १३ बर्षदेखी सेवारत यस संस्थाले प्राथमिक शेयर निष्कासन, निक्षेप सदस्य, लगानी व्यवस्थापको कार्य, शेयर प्रत्याभुति र संस्थागत परामर्श सेवा लगायत पुजीँबजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

शुरुदेखि हालसम्म आईपीओ ३० वटा, आरटिएस ३५ वटा, राइट शेयर ३२ वटा, शेयर लिलामी २० वटा विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरीसकेको छ ।

निकट भविष्यमा नै सामुहिक लागानी कोष शुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताए । यस संस्थाले दिईरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया , लगानी व्यवस्थापको कार्यको सुझाव, आइपिओ परामर्श लगायतका सेवाहरु सिभिल बैंक लि।को सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने पनि निज ढुङ्गेलले बताउनु भयो । यो योजना यहि २०७९ साल बैशाख ११ गते आइतवारबाट लागु भइरहेकोेछ ।

संस्थाले सन्ध्याकालिन सेवाको समेत विगत मिति २०७६ मंसिर २४ गतेदेखि संचालन गरिरहेको छ ।

आगामाी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली दु्रत गतिमा आधुनिकिकरण गर्दै ग्राहकवर्गहरुलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्नका साथै निकट भविष्यमा नै डिपी खाता अनलाइन सेवा मार्फत खोल्न सकिने सुविधा दिन पनि संस्था लागिपरीरहेको प्रमुख कार्यकारी अधिकृतले बताउनुभयो ।

ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गर्दै आगामी मिति २०७९ जेष्ठ १ गते आइतवारबाट सार्वजनिक विदाका दिनहरुमा शनिबार बाहेक बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म संस्थाको सम्पुर्ण सेवाहरु सुचारु हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताउनुभयो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

वि.सं.२०८३ असार ११ बिहीवार २२:०९

काठमाडौँ । विद्यार्थीले निर्माण गरेका कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, साइबर सुरक्षा,...