back

विदेशी मुद्रा सञ्चिति ३ करोड डलरले बढ्यो: रेमिट्यान्स घट्यो(पूर्णपाठ सहित)

nactional life

काठमाडौँ । पछिल्लो समय विदेशी मुद्रा संचितिको अवस्थामा केहि सुधार भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको तथ्यांकअनुसार विदेशी मुद्रा संचिति गत चैतको एक महिनाको अवधिमा ३ करोड डलरले थपिएको देखाएको छ ।

यससँगै फागुन मसान्तमा ९ अर्ब ५८ करोड डलर रहेको विदेशी मुद्राको संचिति चैत मसान्तसम्ममा ९ अर्ब ६१ करोड डलर पुगेको हो । यता चालु खाता घाटाको चाप भने चैतमा अझ थपिएको छ ।

फागुन मसान्तमा ४६२ अर्ब ९३ करोडले घाटामा रहेको चालु खाता चैत मसान्तसम्मको एक महिनाको अवधिमा करिब ५० अर्ब रुपैयाँले थपिएर ५१२.७१ करोडले घाटामा पुगेको छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक अर्ब ८० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा चार अर्ब २८ करोडले घाटामा रहेको हो ।

फागुन मसान्तमा ७.१४ प्रतिशत रहेको मुद्रास्फीति चैत मसान्तमा ७.२८ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

नवौं महिनामा पनि रेमिटेन्स घटेको छ । चैतमा रेमिटेन्स भित्रिने दर नेपाली रुपैयामा ०.६ प्रतिशतले र अमेरिकी डलरमा २.२ प्रतिशतले घटेको छ । फागुनमा पनि यो नेपाली रुपैयाँमा १.७ प्रतिशत र डलरमा ३ प्रतिशतले घटेको थियो ।

यस अवधिमा आयात ३२ प्रतिशतले बढेको छ, जुन वृद्धि फागुनमा ३८.६ प्रतिशत थियो । निर्यात वृद्धि पनि फागुनको ८२.९ प्रतिशतले सुधारबाट ६९ को वृद्धिमा ओर्लिएको छ ।

पूर्णपाठ हेर्नुहोस्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....