back

बिर्तामोड नगरपालिकाका मेयरमा भएपछि सिटौलाको प्रतिबद्धताहरु ,मेयरको गाडिलाई नगरवासिहरुकोलागि जनताको निम्ति एम्बुलेन्सको रुपमा प्रयोग गरिने

विकास र पारदर्शिताको अभियान : परिवर्तनका पक्षमा गठबन्धनका चिन्हमा मतदान’ भन्ने मुख्य नारासहित विर्तामोड नगरपालिकाका लागि संयुक्त गठबन्धनका उम्मेद्वारहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

शुक्रबार बिहान उद्योग बाणिज्य संघ विर्तामोडको प्राङ्गढमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा विर्तामोड नगरको पूर्वाधार विकास निर्माण, कृषि, उद्योग–ब्यापार–ब्यवसाय, शिक्षा, पर्यटन विकास र वातावरण, स्वास्थ्य, सेवा र सामाजिक सुरक्षा, सुशासन र जवाफदेहितालाई समेटिएको छ ।

संयुक्त गठबन्धन निर्वाचन परिचालन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, विर्तामोडका लागि मेयरका उम्मेद्वार एवं नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौला, उपमेयरका उम्मेद्वार एवं नेकपा माओवादी नेता सि.पि. कडरिया, १ नम्बर वडाअध्यक्ष पदका उम्मेद्वार बलराम कार्की लगायतले संयुक्त रुपमा उक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै कार्यक्रमका प्रमुख अतिथि थेवेले लोकतन्त्रको संस्थागत विकास, संविधान र प्राप्त उपलब्धीको रक्षाका लागि गठबन्धन दलहरु साझा मोर्चा बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएको बताउँदै यसको इमान्दार पालना गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मेयरका प्रत्यासी उम्मेद्वार भोजराज सिटौलाले २०७४ सालमा नगरमा निर्वाचित नेतृत्वले २० प्रतिशत मात्रै प्रतिबद्धता कार्यान्वयन गरेको भए आफूले उम्मेद्वारी नै फिर्ता लिने बताउँदै झुटको पुलिन्दा जनतालाई नबाँड्न चुनौति दिनुभयो । आफू नेतृत्वको टिम निर्वाचित भए अहिले गरेका हु–बहु प्रतिबद्धता कार्यान्वयन गरेर देखाउने दावी गर्दै उहाँले नगरपालिकाको गाडीलाई जनताको एम्बुलेन्सको रुपमा प्रयोग गरेर आफ्नै मोटरसाइकलमार्फत नगरबासीको सेवा गर्ने उद्घोष समेत गर्नुभयो ।

उपमेयरका प्रत्यासी उम्मेद्वार सि.पी. कडरियाले गठबन्धन दलको नेतृत्वमा झापाका १ लाख बढी सुकुम्बासीलाई जग्गा धनिपूर्जा वितरण कार्य अन्तिम चरणमा पुगेको बताउँदै संविधान बचाउने मिसनका लागि गठबन्धन भएको र यसको निरन्तरता जरुरी रहेको बताउनुभयो । लक्ष्मी आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन युवराज दाहालले गर्नुभएको थियो ।

यसैबीच गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा नगरपालिकाको बृहत्तर विकासका लागि दीर्घकालीन गुरुयोजना तयार पार्ने, कृषिमा आधुनिकीकरण, ब्यवसायीकरण र सहकारीकरण गर्ने, फोहोरमैला ब्यवस्थापनका लागि स्थायी र ब्यवस्थित ल्याण्डफिल्ड ब्यवस्थापन गर्ने, डोमालाल रङ्गशालालाई ब्यवस्थित गरी खेलकुद र ब्यायामशालाको रुपमा विकास गर्ने, विर्तामोडलाई ब्यापारिक ब्यावसायिक, शैक्षिक र स्वास्थ्य उपचारको हब (केन्द्र) बनाउने, खोलाको पानीको एकीकृत निकासका लागि संयुक्त करिडोर निर्माण गरी बर्षाको पानी ब्यवस्थापन गर्ने उल्लेख छ ।

‘यसैगरी किसान नै हाम्रो पहिलो साथीः कृषि क्षेत्र सबैभन्दा माथि’ नारासहित सिंचाई, परिचय पत्र वितरण, खोलाबाट सिंचाई प्रबन्ध गर्दै घाग्रा खोलाबाट निकालिएको पैनीको संरक्षण र स्तर उन्नती र डिप बोरिङमार्फत सिंचाईको ब्यवस्थापन गर्ने, सिंचाईमा विद्युत महशुलमा सहुलियत दिने, कृषि उपजको भण्डारण केन्द्र, शितगृह (कोल्ड स्टोर) निर्माण, कृषि उपज बजारलाई आधुनिक र ब्यवस्थित बनाउने, कृषकहरुको नगर सहकारी स्थापना, नश्ल सुधार गरी उन्नत जातका विऊ बोका वितरण, निशुल्क पशुपक्षी वितरण, अग्र्यानिक एवं कौशी खेतीलाई प्रोत्साहन, बाँझो जमिन पहिचान गरी कृषिको शुरुवात, उन्नत खेतीका लागि युवालाई तालिम, अनुदान लगायतका प्रतिबद्धता अघि सारिएका छन् ।

यसैगरी उद्योग, बजार, ब्यापार, ब्यवसायलाई नगरपालिकाको महत्वपूर्ण आयका रुपमा स्थापित गर्न विर्तामोडलाई स्मार्ट सिटी बनाउने, उद्योग दर्तामा सहुलियत, सार्वजनिक सुरक्षाका लागि सिसि.क्यामराको ब्यवस्थापन, ब्यवसायीको हितका लागि राहत कोष स्थापना, युवा एवं विपन्न वर्गका नागरिकहरुलाई सिपमूलक तालिम प्रदान गरी उद्योग स्थापनामा प्रोत्साहन, महिला ब्यवसायीलाई विशेष सुविधा प्याकेज, रात्रिकालीन बजार ब्यवस्थापन, टहराहरुको स्तरीकरण, नगरपालिकाका निश्चित क्षेत्रभित्र फ्रि वाइफाइको ब्यवस्था लगायतका योजना प्रतिबद्धता पत्रमा समेटिएको छ ।

सबैलाई शिक्षा अन्तर्गत प्रत्येक बर्ष एउटा सरकारी विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा विकास गर्ने, प्रविधिमैत्री र प्राविधिक शिक्षालयका रुपमा स्तरउन्नति गर्ने, आकस्मिक उपचार कोष स्थापना गर्ने, उत्कृष्ठ अंक ल्याउने विपन्न वर्गका विद्यार्थीलाई पुरस्कारको ब्यवस्था, साङ्गवेद संस्कृत विद्यालयलाई धार्मिक÷सांस्कृतिक पर्यटनको रुपमा विकसित गर्ने, कक्षा–८ देखि १२ कक्षामा अध्ययनरत टाढाबाट स्कुल धाउने विपन्न विद्यार्थीहरुलाई साइकलको ब्यवस्था, विपन्न वर्गका विद्यार्थीको स्नातकोत्तर, एमविविएस, इन्जिनियरिङ, कृषि तथा पशु प्राविधिक शिक्षामा आवश्यक सहयोगको नीति बनाउने, कक्षा–८ सम्म पढाइ हुने विद्यालयको स्तरीकरण लगायतका योजनाहरु प्रतिबद्धतापत्र मार्फत अघि सारिएको छ ।

प्रतिबद्धता पत्रमा स्वास्थ्य, सरसफाई र खानेपानीको विकासका लागि नगरस्तरीय अस्पताललाई ब्यवस्थित गर्दै वडा–वडामा स्वास्थ्य चौकी स्थापना, फोहोरमैलाको दीर्घकालीन ब्यवस्थापन, स्वास्थ्य वीमा प्रक्रियालाई सरलीकरण गर्ने, प्रत्येक घर–घरमा स्वच्छ खानेपानी आपुर्तीका लागि ओभरहेड ट्याङ्की निर्माण, रोग संक्रमणको नियन्त्रणका लागि माछामासुको खुल्ला र अब्यवस्थित विक्री वितरण ब्यवस्थापन गर्दै बधशालाको स्तरउन्नति गर्ने, प्रत्येक बर्ष वडाहरुमा एकीकृत निशुल्क स्वास्थ्य शिविर सञ्चालन लगायतका योजना छन् ।

nactional life
Corporatebazar 11 Anniversary

लिपुलेक-मानसरोवर यात्रामा नेपालको कडा आपत्ति: बालेन सरकारद्वारा भारत र चीन दुवैलाई कूटनीतिक नोट

लिपुलेक-मानसरोवर यात्रामा नेपालको कडा आपत्ति: बालेन सरकारद्वारा भारत र चीन दुवैलाई कूटनीतिक नोट

वि.सं.२०८३ वैशाख २० आइतवार २३:००

काठमाडौं । सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने नेपाली भू-भाग कालापानी, लिपुलेक...

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने...

बागमती किनार अतिक्रमण हटाउने अभियान : १,८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

बागमती किनार अतिक्रमण हटाउने अभियान : १,८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५०

काठमाडौं । सरकारले बागमती नदी र यसका सहायक नदी किनारका...

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

वि.सं.२०८३ वैशाख २० आइतवार ११:१८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएका ६ मध्ये...

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त...

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१४

सुर्खेत । प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा...