back

यसपटक हेटौंडाले महिला मेयर चाहेको छ : उम्मेदवार मीना लामा

हेटौंडा। सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरको मेयर पदकी उम्मेदवार मीनाकुमारी लामाले यसपटक हेटौंडा उपमहानगरपालिकाले महिला मेयर चाहेको बताएकी छन् ।

आफूलाई जिल्लाकै पहिलो महिला मेयरको रुपमा जनताले हेर्न चाहेको उनको भनाइ छ ।

‘म मेयरसाप होइन जनताको सेवकको रुपमा मेयर पदमा रहेर काम गर्न चाहन्छु,’ उनले भनिन्, ‘यो पटक हेटौंडाले महिला मेयर पाउँदैछ ।

एक दलको होइन पाँच दलको साझा उम्मेदवार पाउँदैछ । हेटौंडालाई साझा बनाउँनेछौं ।’ समाजमा अझै पनि धेरै महिला पछि परिरहेको अवस्थामा आफू आत्मविश्वास र प्रतिस्पर्धाबाटै यहाँसम्मको यात्रा तय गरेको बताइन् ।

महिलाले नेतृत्व गरेको हेटौंडा उपमहानगरपालिका कस्तो हुन्छ भनेर पाँच बर्षपछि देखिने उनको दावी छ । ‘महिलाले पनि अवसर पाए केही गर्न सक्छन् भन्ने सोचको विकास भइसकेको छ । मैले पाँच बर्ष उपमेयर भएर केही अनुभव संगालिसकेको छु ।

उक्त अनुभवलाई जनताको सेवामा लगाउँनेछु,’ उनले थपिन्, ‘गठबन्धनको जित नै हेटौंडा उपमहानगरवासीको हित हुनेछ ।’

nactional life
Corporatebazar 11 Anniversary

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

वि.सं.२०८३ वैशाख २० आइतवार ११:१८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएका ६ मध्ये...

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त...

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१४

सुर्खेत । प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा...

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...