back

एमालले जिते स्थानीय तह पनि विघटन हुनसक्छ : सभापति देउवा

धनगढी। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई जिताएर देशलाई दुर्घटनाबाट जोगाउन आग्रह गरेका छन् ।

सोमबार धनगढीमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बाेधन गर्दै सभापति देउवाले एमालले जिते संविधान नै समाप्त हुने खतरा रहेको बताए । उनले देशको संविधानलाई जोगाउन पनि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताए ।

‘एमालेले दुई तिहाईको जनमत पाउँदा दुई पटक संविधान विघटन गर्याे, अदालतले कारवाही गर्दा पनि अहिले विनाकारण संसद अवरुद्ध बनेको छ,’ सभापति देउवाले भने, ‘अब फेरी एमालले जितेमा स्थानीय तह पनि विघटन गरेर देशलाई खाल्डोमा हाल्न बेर लगाउँदैन, एमाले अध्यक्ष केपी ओलीलाई देशकाे मायानै छैन ।’

उनले बागी उम्मेदवारलाई तत्काल उम्मेदवारी फिर्ता लिन पनि आग्रह गरे । ‘गठबन्धन दलको सल्लाहअनुसार बागी उम्मेदवारलाई कारवाही गरिनेछ,’ देउवाले भने, ‘हामी त्यस्ता उम्मेदवारलाई छोड्ने छैनौँ, त्यसैले आजै बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लगेर इमान्दारिता देखाऔँ ।’ उनले गठबन्धनले जितेमा देशमा शान्ति सुव्यवस्था कामय हुने र संविधानको रक्षा हुने बताए ।

आफू सुदूरपश्चिम प्रदेशकै नागरिक भएको बताउँदै सभापति देउवाले यो क्षेत्रबाट कांग्रेसले जितेमा देशभरमै सबैभन्दा बढी बजेट ल्याउने र विकासका सबै माग सम्बोधन गर्ने बताए ।

nactional life
Corporatebazar 11 Anniversary

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

वि.सं.२०८३ वैशाख २० आइतवार ११:१८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएका ६ मध्ये...

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त...

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१४

सुर्खेत । प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा...

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...