वीपीलाई फाँसी दिनुपर्छ भन्नेहरू गठबन्धनको विरोधमा छन् : शेरबहादुर देउवा
वि.सं.२०७९ वैशाख २३ शुक्रवार
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरू गठबन्धनको विरोधमा उत्रिएको बताएका छन् ।
काठमाडौंमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले कुनै बेला वीपीलाई फाँसी दिनुपर्छ भन्नेहरू अहिले कट्टर कांग्रेस बन्न खोजेको आरोप लगाएका हुन् ।
‘हाम्रै पार्टीका केही मान्छेहरूले बखेडा खडा गरेका छन् । हिजो वीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्ने को को हुन् ? उनीहरू अहिले गठबन्धनको खिलाफमा छन् । बडा कांग्रेसको समर्थन गर्ने भका छन् । हामीलाई था छैन ?’, देउवाले भने ।
प्रकाशित समय : १८:३१ बजे





















