back

यूनियन लाइफ इन्स्योरेन्सको संचालकमा ६ जना निर्वाचित, अध्यक्षमा शुलभ अग्रवाल

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक साधारण सभा आज भैरहवामा सम्पन्न भएको छ । उक्त सभाले संस्थापक र सर्वसाधारण गरी ६ जना संचालक निर्वाचित गरेको हो ।

सो साधारण सभाले कम्पनीको नयाँ संचालक चयन गरेको छ । सभाले कम्पनीको संस्थापक समूह तर्फ शुलभ अग्रवाल, संदिप कुमार अग्रवाल, जीवन कुमार अग्रवाल, सिमा गोल्छा र सर्वसाधारण समूह तर्फ सिताराम अग्रवाल र सचिन आचार्यलाई निर्विरोध चयन गरेको हो ।

निर्वाचित संचालकहरुको आजै बसेको संचालक समितिको बैठकले संचालक शुलभ अग्रवाललाई अध्यक्षमा चयन गरेको छ ।

 

यसैगरी सो साधारण सभाले संचालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ती सर्वसम्मत रुपमा गरेको छ । यस्तै सभाले प्रमुख कार्यकारी अधिकृत र स्वतन्त्र विज्ञ संचालकको नियुक्ति भएको बिषयलाई सर्वसम्मतीले अनुमोदन गरेको छ । त्यस्तै बीमा समितिले तोकेको समय भित्र ५ अर्ब चुक्ता पूँजी पुयाउन अन्य जीवन बीमा कम्पनी बिच एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने), प्राप्ती गर्ने एक्विजिशन) गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिएको छ ।

बीमा समितिले २०७९ चैत्र मसान्त भित्र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पु¥याउन निर्देशन दिएको थियो । कम्पनी मर्जरको लागि बिस्तृत लेखा परीक्षण (डिडिए) गर्नका लागि मुल्यांककर्ता नियुक्त गर्ने प्रयोजनको लागि पनि सभाले संचालक समितिलाई अख्तियारी दिएको छ ।

संचालक समितिको अध्यक्ष शुलभ अग्रवालको अध्यक्षता भएको सभाको संचालन कम्पनी सचिव ईश्वर कुमार सेडाईले गर्नु भएको थियो भने कम्पनीको उच्च व्यस्थापनबाट उप प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल, कम्पनीको लुम्बिनी प्रदेशका प्रादेशिक प्रमुख लगायत अन्य शेयरधनीहरुको सहभागिता रहेको थियो ।

 


नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ

नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:३३

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपाल हिमाली देश...

फेकनको सदस्य भएपछि शिवाकोटीले संस्थालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने

फेकनको सदस्य भएपछि शिवाकोटीले संस्थालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने

वि.सं.२०८२ वैशाख २५ बिहीवार १७:४१

काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को शनिबार...

राजन लम्सालद्धारा लायन्स अन्तर्राष्ट्रिय निर्देशक पदको इन्डोर्शी उम्मेद्वारी दर्ता

राजन लम्सालद्धारा लायन्स अन्तर्राष्ट्रिय निर्देशक पदको इन्डोर्शी उम्मेद्वारी दर्ता

वि.सं.२०८२ वैशाख २५ बिहीवार १३:२९

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय निर्देशक इन्ड्रोर्सीमा राजन लम्सालले मनोनयन दर्ता...

कोषलाई बलियो बनाएको दाबी गर्दै फेकनको महासचिवमा पोख्रेलको उम्मेदवारी घोषणा

कोषलाई बलियो बनाएको दाबी गर्दै फेकनको महासचिवमा पोख्रेलको उम्मेदवारी घोषणा

वि.सं.२०८२ वैशाख २५ बिहीवार ११:२४

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) को आगामी...

‘फेकनलाई थप उचाइमा पुर्याउनका लागि मेरो उम्मेदवारी हो’ – दुलाल

‘फेकनलाई थप उचाइमा पुर्याउनका लागि मेरो उम्मेदवारी हो’ – दुलाल

वि.सं.२०८२ वैशाख २४ बुधवार १४:३३

काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) को शनिवार...

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा शर्मा निर्वाचित 

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा शर्मा निर्वाचित 

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १०:२८

काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा उमाकान्त शर्मा...