back

नेपाल वेयरहाउजिङ्ग र नेपाल इन्फ्रास्टक्चर बैंक बिच शेयर लगानी सम्बन्धि सम्झौता

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग र नेपाल इन्फ्रास्टक्चर बैंक बिच शेयर लगानी सम्बन्धि सम्झौता भएको छ ।

कम्पनी ऐन, २०६३ वमोजिम २०७५ सालमा संस्थापित नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडले बैज्ञानिक खाद्यान्न भण्डारण गृह, वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच र खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्रवाह हुने बाताबरण तथा उपयुक्त पूर्वाधार निर्माण गर्ने उदेश्य लिएको छ ।

साथै नेपाल इन्फ्रास्टक्चर बैंक लि बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ अन्तर्गत पूर्वाधार विकास बैंकको रुपमा दर्ता भएको बैंकले पूर्वाधार विकासमा पूजी तथा ऋण लगानी गर्ने उदेश्य लिएको छ ।

यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ ।

कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा बैज्ञानिक तबरको भण्डारण गृह हाल सम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा वजारमा विक्री गर्नुपर्ने वाध्यता कृषकसंग रहिरहेकोछ ।

अर्कोतर्फ त्यहि खाद्यान्न केहि महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ ।

यो समस्याको समाधानका लागि नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले देशका तीन वटा महत्वपुर्ण स्थानहरु सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएकोछ।कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा निर्माण हुने भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच हुने वातावरण र पध्दत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेकोछ ।

साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को वालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको छ ।

यस कम्पनीले संचालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत १३९ करोड रहेकोमा सो लगानी मद्धे ९४ करोड ऋण र बाँकी स्वपुँजी बाट परिचालन गरिनेछ ।

यस कम्पनीको हालको पुजी २३.३७ करोड रहेकोमा शेयरधनीहरुबाट समेत गरि जम्मा ५५ करोड जुटाईने छ ।

आज भएको सम्झौता बमोजिम, कूल जारि चुक्ता पुँजी ५५ करोड मद्धे नेपाल इन्फ्रास्टक्चर बैंक लिले यस कम्पनीमा ५ करोड बराबरको स्वपुँजी लगानी गर्ने छ ।

अन्य लगानीकर्ताहरुबाट बाकी हुन आउने ५० करोड जम्मा भए पश्चात आगामी आर्थिक वर्ष २०७९÷८० मा सार्वजिनक निस्काशनबाट कूल पुजीको २० प्रतिशतमा हुन आउने १३.७५ करोड बराबरको प्राथमिक सार्वजनिक निस्काशनबाट लगानी जुटाईने छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा  ?

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा ?

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ बीमा कम्पनीहरुलाई २र२ लाख...

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५३

काठमाडौं। एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं...

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५०

काठमाडौं। साना तथा मझौला कर्जा लगानी लाई प्रोत्साहन गर्ने उद्धेश्यले...

कामना सेवा विकास बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण

कामना सेवा विकास बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण

वि.सं.२०८३ जेठ ६ बुधवार १८:३३

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

पुन: बैंक फर्किए एनआईएमबीका सीईओ ज्योति पाण्डे

पुन: बैंक फर्किए एनआईएमबीका सीईओ ज्योति पाण्डे

वि.सं.२०८३ जेठ ६ बुधवार १८:३१

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्यकारी अधिकृत (सीईओ) ज्योति...

बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ जेठ ६ बुधवार १३:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा देखिएको अधिक...