back

डा. कार्कीले स्तन क्यान्सरको उपचार नर्भिक हस्पिटलमा गर्दै

काठमाडौं । स्तन क्यान्सरको समस्याबाट पीडित धेरै बिरामीहरुमा स्तन बचाएर पनि क्यान्सरको उपचार गर्न सकिन्छ भन्ने जनचेतना हुँदैन ।

क्यान्सरको उपचार गर्ने उद्देश्यले जनरल सर्जनमा पुग्ने त्यस्ता बिरामीहरुले स्तन बचाएर पनि क्यान्सरको उपचारको विकल्प सुन्न पाउँदैनन् । परिणामः बचाउन सकिने स्तनलाई क्यान्सरको उपचारको नाममा काटेर फालिन्छ ।

नेपालमा न्यून संख्याका क्यान्सर सर्जन यस्ता पनि छन्, जसले स्तन बचाएर क्यान्सरको सर्जरी गर्छन् र सम्बन्धित बिरामीको रुप बिग्रिन दिंदैनन् । स्तन नहुँदाको आत्माविश्वास गुम्न दिंदैनन् । त्यस्तै सर्जन थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पनि उपलब्ध छिन् ।

भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरुमा रहेर स्तन क्यान्सरको विषयमा खोज गरेकी नेपाली चिकित्सक तथा ल्याप्रोस्कोपिक सर्जन डा.बानिरा कार्कीले नर्भिकमा स्तन क्यान्सर बिरामीका लागि अत्याधुनिक उपचार सेवा दिइरहेकी छिन् ।

डा. कार्की काठमाण्डौमा उपलब्ध एकमात्र महिला स्तन क्यान्सर विशेषज्ञ तथा सर्जन पनि हुन् । महिला सर्जनबाटै महिलाहरुको स्तन क्यान्सरको शल्यक्रिया सेवा केही सहज हुने हुँदा डा. कार्कीसँग सेवा लिनेहरु पछिल्लो समय बढिरहेका छन् ।

डा. कार्कीले हाल नर्भिक अस्पतालमा प्रत्येक हप्ताको सोमबार, बुधबार र शुक्रबार बिहान ९ बजेदेखि ११ बजेसम्म २ घण्टा स्तन क्यान्सर महिलाहरुलाई लक्षित गरी ओपिडी सेवा दिइरहेकी छिन् । त्यसबाहेक स्तन क्यान्सरको सर्जरी सेवा पनि उनले दिइरहेकी छिन् ।

‘अहिलेसम्मको अध्ययनको निश्कर्ष हेर्दा महिलाहरुले लाज, धक र डर तथा पुरुष डाक्टर भएकै कारण समयमै ब्रेस्ट क्यान्सरको लक्षणको विषयमा बताउन चाहदैनन्’ डा. कार्की भन्छिन् ‘तर सर्जन पनि महिला नै हुँदा क्यान्सरबाट पीडित महिलाहरुले समयमै आफ्नो समस्या बताउन सक्छन्, समयमै थाहा भयो भने स्तन क्यान्सरको उपचार सम्भव छ ।’

डा. कार्कीका अनुसार प्रत्येक ४ महिलामध्ये १ महिला स्तन क्यान्सरबाट पीडित हुने गरेका पछिल्लो एक अध्ययनले देखाएको छ । यस्तै, विश्वका ६ महिलामध्ये एकजनाको स्तन क्यान्सरकै कारण ज्यान जाने गरेको छ । यो अनुपात अझै बढ्ने संभावना देखिएकोले समेत नेपालमा स्तन क्यान्सरको विषयमा राम्रो जनचेतना आवश्यक रहेको डा कार्की बताउँछिन् । यही आवश्यकतालाई महसुस गर्दै नर्भिकले समेत स्तन क्यान्सरको समस्यालाई विशेष प्राथमिकतामा राखेर यो सेवा दिइरहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

पछिल्लो समय स्तन क्यान्सरको उपचार(शल्यक्रिया) स्तन नफ्याली वा नकाटी समेत गर्ने चलन सुरु भएको छ, नर्भिकमा पनि यो सेवा उपलब्ध हुन्छ । डा कार्की भन्छिन् ‘स्तन नकाटी शल्यक्रिया गर्दा पीडित महिलाहरुलाई सामाजिक रुपमा पुनरस्थापित गराउन सहज हुन्छ र उनीहरुको मनोविज्ञानमा समेत खासै ठूलो असर नगर्ने रहेछ। फिमेललाई साइक्लोजिकल ट्रमाबाट बचाउन सकिन्छ ।’

डा.कार्कीले भारत टाटा मेडिकल सेन्टर लगायतका प्रतिष्ठित संस्थाहरुमा ब्रेस्ट क्यान्सर विषयमै फेलोसिप गर्दा ७०० हाराहारी महिलाहरुको शल्यक्रिया गरेकी छिन् । उनीसँग जनरल ल्याप्रोस्कोपिक सर्जनको रुपमा धुलिखेल अस्पताल लगायतमा समेत काम गरेको अनुभव छ ।

नर्भिक अस्पतालले कम्प्रिहेन्सिभ क्यान्सर केयरसहितको दक्षिण एशियाकै स्तरीय उपचार सेवा उपलब्ध गराउने हेतूले थापाथलीस्थित अहिलेको अस्पताल क्षेत्रमै अर्को भवन समेत निर्माण थालिसकेको छ । क्यान्सरसँग सम्बन्धित सबै खालका सेवाहरु निकट भविष्यमै उपलब्ध गराउने नर्भिक अस्पतालको योजना रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

वि.सं.२०८३ जेठ ११ सोमवार १३:५३

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले...

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

वि.सं.२०८३ जेठ १० आइतवार १०:३३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:०७

 काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन...