back
himalayan life

२२ रोपनी क्षेत्रफलमा फैलिएको अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै इम्पेरियल वर्ल्ड स्कुलः केके छ सुविधा ?

काठमाडौं । विद्यार्थी तथा अभिभावकको आवश्यकतालाई मध्य नजर गर्दै इम्पेरियल वर्ल्ड स्कूलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै स्तरको पठनपाठन सुरु गरेको छ ।

बुढानिलकण्ठ हात्तीगौँडामा रहेको इम्पेरियल वर्ल्ड स्कुलमा अत्याधुनिक प्रविधिको प्रयोग गरी कक्षा १ देखि कक्षा १० सम्म पढाई सुरु गरेको हो ।

विश्वव्यापी रुपमा प्रतिनिधित्व गर्न सक्ने सुसूचित एवं जिम्मेवार नागरिक उत्पादन गर्ने उद्देश्य लिएको इम्पेरियल वर्ल्ड स्कुलले पाठ्यक्रममा मात्र आधारित पठनपाठनको पुरानो शैलीलाई परिष्कृत गर्दै सिकाइका नवीन माध्यमको प्रयोग गरी अध्यापन गराईरहेको विद्यालयकी सञ्चालक जुनिता शाही कार्कीले जानकारी दिइन ।

इम्पेरियल वर्ल्ड स्कुलले विभिन्न अन्तराष्ट्रिय शैक्षिक संस्थासँग समन्वय गरी नेपालमै अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको छ ।

स्कुलले नेपाल सरकारको पाठ्यक्रमलाई तालमेल गर्ने गरी अन्तर्राष्ट्रिय शिक्षण प्रणाली अवलम्बन गरेको छ । इन्टरनेसनल प्राइमरी करिकुलम (आईपीसी) र इन्टरनेसनल मिडल इयर्स करिकुलम (आईएमवाईसी) गरी दुईवटा पाठ्यक्रम उपलब्ध गराउँछ छ ।

विद्यालयकी सञ्चालक कार्कीले ”हरेक देशमा भएको राष्ट्रिय पाठ्यक्रमसँग फिटिङ गर्ने पाठ्यक्रम भएकाले यो लागू गरेको र इम्पेरिकल वर्ल्ड स्कुलले नै आईपीसीलाई पहिलोपटक नेपालमा भित्र्याएको बताइन ।

विद्यालयले ५ देखि १२ वर्षका बालबच्चाहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन आइपीसीसँग तथा ११ देखि १४ वर्ष सम्मका बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि आइएमवाइसीसँग समन्वय गरी अध्यापन गराइरहेको छ ।

उत्कृष्ट शिक्षण वातावरण, भव्य तथा परिष्कृत पूर्वाधार तथा योग्य मानव शक्तिबाट पठनपाठन गराइने यस स्कुलले बालबालिकालाई सैद्धान्तिक शिक्षाका साथसाथै व्यवहारिक शिक्षा पनि प्रदान गरिरहेको छ । जीवनयापनका क्रममा आवश्यक पर्ने कलाको विकासका लागि स्कुलले विभिन्न कार्यक्रमहरु तयार गरेको छ ।

स्कुलले शैक्षिक पाठ्यक्रम मात्र नभई भौतिक पूर्वाधारलाई समेत उत्तिकै महत्व दिएको संचालक कार्कीले बताइन् । इम्पेरियलको भवन संरचना एक तले छ ।

२२ रोपनी क्षेत्रफलमा फैलिएको स्कुलका सम्पूर्ण भौतिक संरचनाहरु अपाङ्गमैत्री छन । अपाङ्गता भएका विद्यार्थीलाई छुट्टै शौचालयको व्यवस्था पनि छ । यसका साथै विद्यार्थीका अन्तरनीहित प्रतिभाको उजागर गर्न इम्पेरियल वर्ल्ड स्कुलले नृत्य कक्षा, विद्यार्थीको खुवाइ प्रवृत्तिलाई थप सुसज्जित बनाउन डाइनिङ एटिक्युट कक्षा पनि सञ्चालन गरेको छ ।

स्कुलले सम्झिने र बुझ्ने, आइडिया तथा कन्सेप्ट सृजना गर्ने मात्र नभई विश्लेषण तथा मूल्यांकन गर्नसक्ने क्षमता विकासमा जोड दिने गरेको छ ।

अत्याधुनिक प्रविधिले सम्पन्न यस स्कुलमा कम्प्युटर ल्याव, साइन्स ल्याव, म्याथ ल्याबको राम्रो व्यवस्था छ । यस स्कुलमा १० हजार भन्दा धेरै पुस्तक सङ्ग्रहीत पुस्तकालय, पोषणविदद्धारा प्रमाणिकरण गरिएका खाजा खानाको व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।

क्यान्टिन, नर्स, काउन्सीलरको व्यवस्थाले विद्यार्थीको पढाइ मात्रै नभई मानसिक अवस्था र स्वास्थ्यको समेत ख्याल गर्ने गरेको विद्यालय व्यवस्थापन समितिले बतायो ।

प्राकृतिक कुराहरूबारे पढ्दा प्रत्यक्ष अनुभूति गराउन विद्यालयमा बगैँचा, तरकारीको फार्मजस्ता संरचना तयार गरिँदै छ ।

विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन फुटसल, स्वीमिङ पुल, टेबुल टेनिस लगायतका खेल पूर्वाधारहरु तयार गरिएको भने नृत्य तथा संगीतलाई पनि विशेष महत्वका साथ सिकाइने गरिएको छ । साथै उक्त स्कुलले यहि वैशाख १० गते शनिबार ओपन हाउस सेसन संचालन गर्दैछ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

वि.सं.२०८३ असार १० बुधवार १३:४८

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार १० बुधवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...