back

नयाँ वर्षमा आइएमईको योजनाः २ लाख ७ हजा ९ सय रुपैयाँ जित्ने मौका

काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले “आइएमई २०७९ मा २०७९” नामक सेवाग्राहीमैत्री व्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । यो योजना बैशाख १ गतेदेखि बैशाख ३१ गतेसम्म जम्मा ३१ दिनका लागि कायम रहनेछ ।

सोही योजना आइएमई ग्रुपको काठमाण्डौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयको एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको यस्ता सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका खेल्दै आएको अनुभव रहेकाले उल्लेख्य सहभागिता हुने विश्वास व्यक्त गरे ।

“आइएमई २०७९ मा २०७९” को १ महिने योजना अन्तर्गत विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट–सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहने गरी यो योजना अवधी भरी जम्मा ६० जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति २,०७९ रुपैयाँ र बम्परमा १ भाग्यशाली विजेतालाई २ लाख ७ हजार ९ सय रुपैयाँ प्रदान गरिनेछ ।

यो योजनामा सहभागी हुनुभएका सेवाग्राहीहरुमध्ये कूल ६१ जना विजेताहरु लाभान्वित हुनेछन् भने यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणाली द्वारा निर्धारण गरिनेछ ।

यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू, वेब साइट एवम् संचारका माध्यम मार्फत सार्वजनिक गरिनेछ । योजना अवधिका लागि निर्धारित सेवा वा शर्तहरू लागु गरिनेछ ।

nactional life
Corporatebazar 11 Anniversary

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

वि.सं.२०८२ चैत १७ मंगलवार १८:२३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई...

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

वि.सं.२०८२ चैत १७ मंगलवार १०:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा...

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

वि.सं.२०८२ चैत १० मंगलवार १८:१०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक...

एभरेष्ट बैंकको Global Money Week – 2026 विभिन्न वित्तीय सचेतनामुलक कार्यक्रमहरु गरी सम्पन्न

एभरेष्ट बैंकको Global Money Week – 2026 विभिन्न वित्तीय सचेतनामुलक कार्यक्रमहरु गरी सम्पन्न

वि.सं.२०८२ चैत १० मंगलवार १२:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष...