कुमारी बैंकको कुमारी डबल धमाका
वि.सं.२०७९ वैशाख २ शुक्रवार
काठमाडौं । कुमारी बैंकले नव वर्ष २०७९ को अवसर पारी “कुमारी डबल धमाका“नामक मुद्दती निक्षेप ल्याएको छ ।
आफ्ना ग्राहकहरुलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको हो । निक्षेपमाराखिएको रकम७वर्षमादुई गुणा हुने तथाप्राप्तब्याजजम्मा रकममा नै बढोतरी हुँदै जाने यस मुद्दती निक्षेपमा, न्युनतममौज्दात रु १०,००० रहेको छ ।
सो मुद्दती निक्षेपमासजिलै ९०% सम्मकर्जा सुविधा समेत रहेको बैंकले जानकारी गराएको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवाप्रदान गर्ने उद्देश्यले बैंकलेविभिन्ननयाँ सेवाहरु संचालनमा ल्याएको छ ।
आफ्ना देशव्यापी १९७ शाखा–संजाल, १७७ एटिएम, ४३शाखारहित बैंकिंगइकाई तथा १६ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित समय : ११:११ बजे





















