back

घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै

लमजुङ। लमजुङको क्व्होलासोँथर गाउँपालिका-३ स्थित स्मार्टभिलेज घलेगाउँलाई आज सुखी गाउँ घोषणा गरिने भएको छ । पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ ।

घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

स्मार्ट भिलेज घलेगाउँका घर एकैनासले रातो रंगको जस्ता राखिएको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष घलेले बताए ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ), गण्डकी प्रदेशलगायत निकायले उत्कृष्ट होमस्टेको श्रेणीमा राखेको घलेगाउँ दुईपल्ट दक्षिण एसियाकै नमुना गाउँ घोषित हुन सफल भइसकेको छ ।

०५६ देखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेका थिए । ०५७ देखि १२ घरबाट घलेगाउामा होमस्टे सञ्चालन गरिएको थियो । घलेगाउँका १ सय ३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरीएको छ ।

न्यानो आतिथ्यताका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ ।

०५७ सालबाट होमस्टे सञ्चालनमा आएको घलेगाउँमा ४२ घरले नियमित सेवा दिइरहेका छन् । घलेगाउँमा दैनिक ३ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

घलेगाउँमा पर्यटकको आगमनसँगै स्थानीय बासिन्दाको आर्थिक स्तर पनि उकासिएको छ ।

 


चीन-भारत जोड्ने कालीगण्डकी करिडोरमा २४ वटा मोटरेबल पुल

चीन-भारत जोड्ने कालीगण्डकी करिडोरमा २४ वटा मोटरेबल पुल

वि.सं.२०८१ माघ २७ आइतवार १२:५८

काठमाडौं । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको...

सरकारले प्रजातन्त्र दिवस मनाउने, प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन

सरकारले प्रजातन्त्र दिवस मनाउने, प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन

वि.सं.२०८१ माघ २७ आइतवार १२:५५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस,...

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक : मन्त्री शाही

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक : मन्त्री शाही

वि.सं.२०८१ माघ २७ आइतवार १२:२८

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको...

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

वि.सं.२०८१ माघ २७ आइतवार १२:१०

काठमाडौं । सभामुख देवराज घिमिरेले नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय कानुन...

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८१ माघ २७ आइतवार १०:३७

काठमाडौं । आइतबार प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक...

मापदण्ड पूरा नगरेका निजी अस्पताल बन्द गर्न निर्देशन : मुख्यमन्त्री सिंह

मापदण्ड पूरा नगरेका निजी अस्पताल बन्द गर्न निर्देशन : मुख्यमन्त्री सिंह

वि.सं.२०८१ माघ २७ आइतवार १०:३२

जनकपुर । जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पुरा...