back

नर्भिकले निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प चलाउने, १० विशेषज्ञ सहभागी हुने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा १० जना विशेषज्ञहरुलाई सहभागी गराई वृहत क्यान्सर स्क्रिनिङ क्याम्प संचालन गर्ने भएको छ ।

नर्भिक अस्पतालले आगामी बैशाख १ गते आफ्नो २९ औं वार्षिकोत्सव मनाउँदैछ । सोही अवसरमा अस्पतालले आगामी शनिवार(१६ अप्रील)का दिन निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प संचालन गर्ने भएको हो ।

क्यान्सरसँग सम्बन्धित १० जना विशेषज्ञ डाक्टरहरुलाई एकैपटक फ्री क्याम्पमा उतारिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

क्याम्पमा क्यान्सरसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरु डा. एलिजा श्रेष्ठ, डा.बानिरा कार्की, डा. दीप लामिछाने, डा. सुदीप शाक्य, डा. सुचित्रा तुलाधार, डा. आरोग्य कँडेल, डा. रमिला डंगोल, डा.श्वेता बराल र डा. विवेक खनालको सहभागिता रहनेछ ।

क्यान्सर विशेषज्ञहरुको यो टिमले शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म निःशुल्क सेवा दिनेछ ।

नर्भिकले विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा दिंदै आएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत हरेक हप्ताको शनिवार विशेषज्ञहरुलाई निःशुल्क ओपिडी सेवामा परिचालन गर्ने गरिएकोमा आउने साता भने क्यान्सरको वृहत क्याम्प नै संचालन हुन लागेको हो ।

क्यान्सर स्क्रिनिङको वृहत क्याम्पमा सहभागी भई निःशुल्क सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३९

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

सामान्य बढ्यो सुनचाँदीको मूल्य

सामान्य बढ्यो सुनचाँदीको मूल्य

वि.सं.२०८३ वैशाख ३ बिहीवार १२:२३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ९बिहीबार०का लागि विदेशी मुद्राको...

एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो

एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:२८

काठमाडौं । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति...

३ लाख नाघ्यो सुनको मूल्य

३ लाख नाघ्यो सुनको मूल्य

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१५

काठमाडौं । नयाँ वर्ष २०८३ को दोस्रो कारोवार दिन नेपाली...