अपराधका सत्य घटना २४ घण्टा हेर्नेलाई २४०० डलर
वि.सं.२०७८ चैत २८ सोमवार
काठमाडौं। स्ट्रिमिङ सेवाले २४ घण्टासम्म अपराधका सत्य घटनामा आधारिक वृत्तचित्र हेर्न र अनुभवको जानकारी गराउनेलाई २४०० डलर प्रदान गर्ने भएको छ ।
मेगालान टिभीले भनेको छ, ‘यो हाम्रो अपराधका सत्य घटनामा आधारिक तेस्रो वार्षिकी हो ।’
यस किसिमको प्रस्ताव २०२० र २०२१ मा पनि गरिएको थियो ।
यो विजेता उमेदवारलाई २४०० डलर सित्तैमा प्रदान गरिएको थियो । तर, त्यति बेलाको प्रावधान भने हालको तुलनामा अलि कठिन थियो ।
उक्त समयमा ४८ घण्टाको अवधि तोकिएको थियो र सोसल मिडियामा भएको आफ्नो अनुभवलाई वृत्तचित्रमा उतार्नु पर्दथ्यो ।
‘हाम्रो आदर्श उम्मेदवार साँचो अपराधका लागि जिउनेछन् ।
उनीहरुले सर्वाधिक त्रासदीपूर्ण सिरियल किलरलाई सम्हाल्नु पर्दथ्यो,’द स्ट्रिमिङ सेवाले आफ्नो वेबसाइटमा बताएको छ ।
छनोटमा परेका उम्मेदवारहरूले मर्डर म्याप्स, लेडी किलर, १० स्टेप टु मर्डर, नर्सेस हु किल, मर्डर अन द इन्टरनेट, २१ सेन्चुरी मर्डर र साइबर क्राइम विथ बेन हामर्सली लगायतका वृत्तचित्रहरू हेर्नु पर्दथ्यो ।
आवेदनहरू अप्रिल १८ बाट स्वीकार हुने भएको छ ।
प्रकाशित समय : १३:५८ बजे





















