back

किन राखे युवाले फर्सीमा कोरेर अर्थमन्त्रीको तस्बिर, दोसि को थिए अर्थमन्त्री कि गभर्नर ?

काठमाडौं। राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध सांकेतिक सडक प्रदर्शन गरेको छ।

आज नयाँ बानेश्वरमा सांकेतिक विरोध प्रदर्शनका अर्थमन्त्री शर्माको तस्बिर फर्सीमा पोतेर, उक्त फर्सीलाई कुर्सीमाथि राखेर विरोध जनाइएको हो।

संकटग्रस्त अर्थतन्त्र सम्हाल्न खोज्दा सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई शुक्रबार निलम्बन गरेको छ।

निर्वाचन आचारसंहिता सुरु हुने समयको मुखमा गभर्नर अधिकारीलाई प्रतिशोधपूर्ण ढंगले किनारा लगाइएपछि यसलाई लिएर अर्थविज्ञसमेतले आपत्ति जनाएका थिए।

अर्थ मन्त्रालयले गभर्नरलाई हटाउने प्रक्रियाअन्तरगत सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ।

समितिमा डा. सूर्य थापा र डा. चन्द्रकान्त पौडेल सदस्य छन्। समितिलाई एक महिनाभित्र प्रतिवेदन दिने कार्यादेश दिइएको छ।

हिजो आइतबार विरोध प्रदर्शनलाई सम्बोधन गर्दै संघका अध्यक्ष तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य किरण पौडेलले अर्थमन्त्री शर्मालाई जेल सजाय हुनुपर्ने माग गरे।

‘मुलुक भवाभह आर्थिक संकटमा गुज्रिरहेको समयमा आफ्ना अनुचित दबाब पालना नगरेका कारण राष्ट्र बैंकका गभर्नरलाई अर्थमन्त्री जनार्दन शर्माले निलम्बन गर्ने जुन काम गर्नुभयो, यसले बढ्दो संकटपूर्ण अवस्थामा विश्वभर नकारात्मक सन्देश प्रवाह गर्ने भएको हुँदा यो गम्भीर अपराध हो’,अध्यक्ष पौडेलले भने,‘त्यसैले यसका मूख्य अभियुक्त रहेका अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त मात्र होइन, जेल सजाय नै हुनुपर्छ।’

बैंक तथा वित्तीय संस्थाहरूमार्फत जम्मा हुने ठूलो परिमाणको रकमलाई शंकास्पद कारोबार विवरण (एसटीआर) का लागि राष्ट्र बैंकमा पठाउनुपर्छ।

केन्द्रीय बैंकको वित्तीय सूचना एकाइले त्यो रकम शंकास्पद छ, छैन वा कार्बाही गर्नुपर्ने हो, होइन भनेर छानबिनका निम्ति सम्पत्ति शुद्धीकरण विभागमा पठाउँछ। तर, यसमा पनि अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई हप्काएका थिए।

अर्थमन्त्री शर्माले कसैको रकम पनि छानबिन नगर्न भनेका थिए। नेपालमा लगानीको वातावरण चाहिन्छ भन्दै केन्द्रीय बैंकलाई जुनसुकै शंकास्पद रकमको छानबिन नगर्न भनेर रोकेर राखेका थिए।

गभर्नर अधिकारीलाई यो विषय चित्त बुझेको थिएन। यसले अन्तर्राष्ट्रिय क्षेत्रमा देश कालोसूचीमा पर्ने खतरा थियो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...