back

सूर्यतारा सिमेन्ट उद्योग सञ्चालन गर्न १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ लगानी स्वीकृती

काठमाडौं । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा लगानी बोर्डको ५० औं बैठक बिहिबार सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकले सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन एवम् व्यवस्थापनका लागि १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ बराबरको लगानी स्वीकृती गरेको छ।

साथै नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्न समझदारी गरी विस्तृत सम्भाव्यता अध्ययनका लागि DIAG Industries GmbH Germany लाई अनुमती पत्र दिने निर्णय गरेको छ ।

बैठकले तल्लो अरुण जलविद्युत परियोजना (६९ मेवा) का सम्बन्धमा प्रस्तावक कम्पनीले पेश गरेको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरेको छ । साथै माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापनको म्याद थप सम्बन्धी विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगको उपाध्यक्षको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदनको आधारमा विकासकर्तासँग वार्ता गरी समझदारीको निमित्त बोर्ड बैठकमा पेश गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास तथा लगानीको ढाँचा र अरुण ३ जलविद्युत परियोजनाबाट प्राप्त हुने निःशुल्क ऊर्जा विक्री तथा सो बाहेकको अतिरिक्त उर्जा खरिद गर्ने विषयमा विस्तृत अध्ययन गरी वोर्डसमक्ष प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा दुई छुट्टा छुट्टै अध्ययन समिति गठन गरेको छ ।

बैठकले लगानी बोर्ड कोष स्थापना सम्बन्धी तथा सार्वजनिक निजी साझेदारी अवधारणाको Design-Build-Finance-Operate-Maintain (DBFOM) मोडलको अवधारणापत्र स्वीकृत गरी सो सम्बन्धी आवश्यक कानूनी तथा संस्थागत व्यवस्थाका लागि लगानी बोर्डको कार्यालय तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

लगानी बोर्डको कार्यालयको संस्थागत सुधारका लागि बोर्डले इन्टर्न भर्ना सञ्चालन एवम् नियमन सम्बन्धी मापदण्ड स्वीकृत गरेको र विशेषज्ञ समिति वा कार्यदल गठन तथा विशेषज्ञ नियुक्ति र पारिश्रमिक एवं सुविधा सम्बन्धी मापदण्ड अर्थ मन्त्रालयको राय सहमति समावेश गर्ने गरी स्वीकृत गरेको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले बढ्दो व्यापार घाटा, घट्दो विप्रेषण तथा कसिलो तरलताको समस्याबाट उन्मुक्ति पाउन गुणस्तरीय लगानी भित्र्याउनु पर्नेमा जोड दिए । उनले राष्ट्रको आर्थिक समृद्धिको जग निर्माण गर्न ज्ञान, सीप, पुँजी र प्रविधिको अहम् भूमिका रहने भएकाले पुँजी र प्रविधि भित्र्याउन लगानी बोर्डको कार्यालयलाई विशेष पहल गर्न निर्देशन दिए । हालसम्म बोर्डले गरेका प्रयासको सह्राना गर्दै लगानी बोर्डले गरेका निर्णयहरु शीघ्रताका साथ कार्यान्वयन गर्न सवै मन्त्रालय र निकायलाई निर्देशन दिए ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकले गरेका निर्णयहरुको कार्यान्वयन अवस्था, परियोजना कार्यान्वयन, सहजीकरण तथा विकास एवं संस्थागत सुधारका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।

उक्त अवसरमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले, कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, बोर्डका विज्ञ सदस्यहरु हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठ लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

 

nactional life
Corporatebazar 11 Anniversary

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख १९ शनिवार १८:३५

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक सूचकाङ्क...

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १९:०८

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट परम्परागत वितरणमुखी बाटोभन्दा फरक,...

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१४

रौतहट । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य समयभन्दा...

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१०

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता...

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०७

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति...

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१२

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले पूर्वाधार...